काठमाडौं । नेपाली विद्युतीय सवारी साधन वितरक सीजी मोटर्सले आफ्नो सेवा र सञ्चालनको दायरा विस्तार गर्दै ललितपुरको बागडोलमा अत्याधुनिक सेवा केन्द्र उद्घाटन गरेको छ ।
यो काठमाडौं भ्यलीमा सीजी मोटर्सद्वारा स्थापना गरिएको दोस्रो सेवा केन्द्र हो । साथै, च्यानल पार्टनरहरूलाई समेट्दै काठमाडौंमा अब चारवटा सेवा केन्द्र पुगेका छन्। उक्त अत्याधुनिक सेवा केन्द्रको उद्घाटन सीजी समूहका अध्यक्ष तथा नेपालका संघीय संसद सदस्य डा. विनोद चौधरीले गरेका हुन् ।
सर्भिस सेन्टर उद्घाटन कार्यक्रममा बोल्दै सीजी मोटर्सका प्रबन्धक निर्देशक निर्वाण चौधरीले ग्राहकहरुको आवश्यकतालाई मध्ये नजर गर्दै बिस्तार गरेको बताए । उनले भने, ‘हामिले ग्राहकको आवश्यकलाई मध्य नजर गर्दै नयाँ सर्भिस सेन्टर विस्तार गरेका छौ । सिजिला प्रोडक्टले नेपालि बजारमा उत्कृष्ठ बजार हिस्सा ओगटेको छ । भारतीय बजारमा समेत हाम्रो प्रोडक्ट विस्तार छन् ।’
२२ स्थानहरूमा बलियो बिक्री र डिलर नेटवर्क रहेको सीजी मोटर्सले यस सेवा केन्द्रको उद्घाटन मार्फत ग्राहक सेवा र अनुभवलाई बिक्रीसँगै उच्च प्राथमिकतामा राखेको पुष्टि गरेको छ।
साथै, सीजी मोटर्सले विद्युतीय गतिशीलतामा आफ्नो विशेषज्ञता विस्तार गर्दै ग्राहक अनुभव सुधार गर्न चार्जिङ पोइन्टहरूमा लगानी गरिरहेको छ ।
हाल, सीजी मोटर्सले नेपालभर २०० भन्दा बढी सीसीएस २ र जिबिटी चार्जिङ पोइन्टहरूका साथ सर्वाधिक चार्जिङ पोइन्टहरूको संख्या राखेको छ र थप १००ं स्थान मा चार्जिङ पोइन्टहरू बिस्तार गर्ने लक्ष्य लिएको छ।