काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशनले चालू आर्थिक वर्षको तीन महिनामा १ करोड ६० लाख रुपैयाँ नाफा कमाएको छ । आज कम्पनीले सार्वजनिक गरेको वित्तिय विवरण अनुसार गत वर्षको तुलनामा थोरै नाफा घटेको देखिएको छ ।
यद्यपी, प्राय सूचक सबल नै देखिएको छ ।
गत वर्षको असोजसम्म यसले १ करोड ९१ लाख ९४ हजार रुपैयाँ नाफा कमाएको थियो ।
कुल आम्दानी हेर्ने हो भने गत वर्ष २ अर्ब ९२ करोड रुपैयाँ रहेको कम्पनीको आम्दानी अहिले घटेर २ अर्ब २४ करोडमा झरेको छ ।