नेपालमा हुने अनाधिकृत व्यापारलाई रोक्नु पर्छ : अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्ष चन्द्र प्रसाद ढकालले नेपालमा हुने अनाधिकृत व्यापारलाई रोक्नु पर्ने भन्ने बताएका छन् । सोमबार आयोजित ‘नविनता सम्बाद’ कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले सो कुरा बताएका हुन् ।

मुलुकको आर्थिक स्तर बढाउन करलाई सरल र पारदर्शी बनाउनु पर्ने उल्लेख गर्दै नेपालमा हुने अनाधिकृत व्यापारलाई रोक्नु पर्ने धारणा व्यक्त गरे ।

‘एक वर्षमा लाखौं युवाहरु विदेशी रहेका छन् । त्यसलाई रोक्न देशमा नै रोजगार सृजना गर्नु पर्छ । बढीभन्दा बढी रोजगार र पूर्वाधारहरु निर्माण गर्न सकेमा युवा पलायन न्यूनीकरण गर्न सकिन्छ’, उनले भने ।

उनले व्यवसाय विस्तार गर्दा अर्थतन्त्र बलियो बनाउन सकिने बताए ।

मुलुकमा पर्यटन क्षेत्रलाई प्रवर्द्धन र विकास गर्ने हो भने पनि अर्थतन्त्रको विकासमा टेवा पुग्ने बताए । उनले भने, ‘नेपाल भारत र चीनको बीच भागमा भएकाले पर्यटनको सम्भावना बढी छ ।’

कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघका संचार सहसचिव कृष्ण बहादुर राउले साना व्यवसायीहरु नै नेपालको अर्थतन्त्रको मेरुदण्ड रहेको बताए । उनले झन्डै ३२ लाखभन्दा बढी रोजगार साना लघु तथा व्यवसायीले नै सृजना गरेको उल्लेख गरे ।

उनले रोजगारी सृजनामा कमी, उत्पादनमा कमी, र शिक्षामा नी चुनौती रहेको बताएका छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स