काठमाडौं । सोमबार छापावाल सुनको मूल्य १ हजार रूपैयाँले बढेको छ ।
आइतबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ६० हजार रुपैयाँ कायम भएकोमा आज १ हजार रूपैयाँले बढेर १ लाख ६१ हजार रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यसैगरी, आइतबार चाँदीको मूल्य प्रतितोला १ हजार ९०५ रुपैयाँ कायम भएकोमा आज १५ रूपैयाँले बढेर १ हजार ९२० रूपैयाँ कायम भएको छ ।