कालिञ्चोक दर्शन केवलकार नोक्सानीमा

काठमाडौं । कालिञ्चोक दर्शन लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ८५ लाख ७० हजार रुपैयाँ नोक्सानी व्यहोरेको छ । गत आर्थिक वर्षको यसै अवधिसम्ममा कम्पनी ९८ लाख ८७ हजार रुपैयाँ नोक्सानीमा थियो।

कम्पनीको आम्दानी घटेपनि वित्तीय खर्च घटेका कारण खुद नोक्सानी घट्न पुगेको हो। समीक्षा अवधिमा कम्पनीको आम्दानी २.१० प्रतिशत घटेको छ भने सञ्चालन आम्दानी २.१९ प्रतिशत घटेको छ। कम्पनीको वित्तीय खर्च समीक्षा अवधिमा ५२.०८ प्रतिशत घटेको छ। जसका कारण कम्पनीको नोक्सानी घट्न पुगेको हो।

५९ करोड ६३ लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीको जगेडा कोष ७ लाख ७८ हजार रुपैयाँ ऋणात्मक रहेको छ। असोज मसान्तसम्ममा कम्पनीको प्रतिसेयर आम्दानी १ रुपैयाँ ४४ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ ९९ रुपैयाँ ३२ पैसा रहेको छ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स