पेट्रोलियम पदार्थको मूल्य बढ्यो, कति पुग्यो ?

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।

निगमले डिजेल र मट्टितेलमा तीन रुपैयाँले बढाएको हो । आज एक सूचना जारी गर्दै मध्यरातदेखि नयाँ मूल्य कायम हुने बताएको छ ।

अन्तराष्ट्रिय बजारमा मूल्य बढेकाले नेपालमा मूल्य समायोजन गरिएको निगमले सूचनामा उल्लेख गरेको छ । नयाँ मूल्य अनुसार डिजेल र मट्टितेल काठमाडौंमा प्रतिलिटर १ सय ५३ रुपैयाँ पर्ने भएको हो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स