काठमाडौं । बिहीबार छापावाल सुनको मूल्य २२ सय रूपैयाँले घटेको छ ।
बुधबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ६२ हजार २ सय रुपैयाँ कायम भएकोमा आज २ हजार २ सय रूपैयाँले घटेर १ लाख ६० हजार रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यसैगरी, बुधबार चाँदीको मूल्य प्रतितोला १ हजार ९४० रुपैयाँ कायम भएकोमा आज ३५ रूपैयाँले घटेर १ हजार ९०५ रूपैयाँ कायम भएको छ ।