युनिलिभर नेपालको नाफा ५२ करोड ६९ लाख

काठमाडौं । युनिलिभर नेपाल लिमिटेडले चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमासम्मको अपरिष्कृत वित्तिय विवरण सार्वजनिक गरेको छ ।

चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा कम्पनीले ५२ करोड ६९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आवको सोहि अवधिको तुलनामा ४.६३ प्रतिशतले कम हो । अघिल्लो आवको सोहि अवधिमा कम्पनीले ५५ करोड २५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

्समिक्षा अवधिमा कम्पनीको सञ्चालन आम्दानी २ अर्ब २५ करोड रुपैयाँ पुगेको छ । यो गत आवको सोहि अवधिको तुलनामा ३.०४ प्रतिशतले कम हो । अघिल्लो आवको सोहि अवधिमा कम्पनीले २ अर्ब ३२ करोड रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो ।

कम्पनीको रिटेन्ट अर्निङ ९.५४ प्रतिशतले बढेर ५ अर्ब २८ करोड रुपैयाँ रहेको छ ।

कम्पनीको कुल खर्च २.५१ प्रतिशतले घटेर १ अर्ब ६३ करोड रुपैयाँमा सीमित भएको छ ।

समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी २ हजार ९६ रुपैयाँ (वार्षिक), प्रतिसेयर नेटवर्थ ५ हजार ८३६ रुपैयाँ र प्रतिसेयर नेटवर्थ ५ हजार ८३६ रुपैयाँ कायम भएको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स