काठमाडौं । मंगलबार छापावाल सुनको मूल्य २४ सय रूपैयाँले घटेको छ ।
सोमबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ६५ हजार रुपैयाँ कायम भएकोमा आज २ हजार ४ सय रूपैयाँले घटेर १ लाख ६२ हजार ६ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यसैगरी, सोमबार चाँदीको मूल्य प्रतितोला १ हजार ९५५ रुपैयाँ कायम भएकोमा आज ३० रूपैयाँले घटेर १ हजार ९२५ रूपैयाँ कायम भएको छ ।