काठमाडौं । बिहीबार छापावाल सुनको मूल्य ४ हजार रूपैयाँले घटेको छ ।
बुधबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ६८ हजार ५ सय रुपैयाँ कायम भएकोमा आज ४ हजार रूपैयाँले घटेर १ लाख ६४ हजार ५ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यसैगरी, बुधबार चाँदीको मूल्य प्रतितोला २ हजार १५ रुपैयाँ कायम भएकोमा आज ५५ रूपैयाँले घटेर १ हजार ९६० रूपैयाँ कायम भएको छ ।