काठमाडौं । नेपालमा केहि अस्पतालले बिरामीलाई के औषधी उपचार गरेको हो, त्यसको विवरण दिन मान्दैनन् । विवरण माग गरेमा सिधै दिन नमिल्ने बताउने गर्छन् ।
यस्तो विषय सबैले भोग्नु परेको भने छैन ।
काठमाडौं उपत्यका लगायतका स्थानमा रहेका महँगा भनिएका अस्पतालले यस्तो गर्दै आएको पाइएको छ ।
जसको बीरामी अस्पताल पुगेपछि सबै रेखदेख अस्पतालले नै गर्छ । त्यस्ता सेवा दिने अस्पतालले विवरण लुकाउँछन् ।
औषधोपचार राम्रो नै गरेको किन नहोस् तर बिरामीका आफन्तले केके खुवाएको हो , कुन औषधी कति मात्रामा चलाएको हो त्यो विवरण भने पाउँदैनन् ।
नेपालमा धेरै प्रकारका अस्पतालहरु रहेका छन् । बिरामीको आफन्त २४ सै घण्टा अस्पतालमा बसेर पालो कुरेर बिरामीलाइ पनि लाइनमा राखेर उपचार गर्नुपर्ने किसिमका अस्पतालहरु पनि छन् ।
मध्यमस्तरिय शुल्क लिने अस्पतालहरु पनि छन् । साथै केहि राम्रो सेवा सुविधा दिने भनेर संचालनमा आएका अस्पतालहरु पनि रहेका छन् ।
जहाँ बिरामी पुर्याएपछि आफन्तहरुले केहि रेखदेख गर्नुपर्दैन । त्यस्ता अस्पतालमा पुग्ने बिरामीहरुले भने कस्तो उपचार पाइरहेका छन् । त्यसबारेमा जानाकारी लिनबाट भने विमुख हुने गरेको पाइएको हो ।
भर्ना गरिएर राखिएका ति बिरामीको एकमुष्ट बिल आउँछ र तिनीहरुलाई डिस्चार्ज हुने बेलामा केके औषधी खाने त्यो जानाकारी आउँछ अर्को मुख्य चेकजाँचको रिर्पोट हुन्छ ।
तर अस्पतालमा केके खुवाइयो र केके गरियो त्यो बारे भने जानाकारी प्रदान गरिदैन ।
किन उपलब्ध हुँदैन विवरण
गत हप्ताको कुरा हो, बाफलका एक जना बिरामीलाई उनका अफन्तले थापाथली स्थित एक अस्पतालमा पुर्याए । शारीरिक कमजोरी भएको कारण उहाँलाई भर्ना नै गरेर राख्नुपर्ने भयो । बिरामी भर्ना गराइयो । तर बीरामीलाई के खुवाएको हो । कस्ता औषधी उपचाहरु गराइएको हो त्यो जनाकारी आफन्तले पाएनन् ।
बिरामीका श्रीमान् भन्छन्, ‘हामीले बिरामीलाई कस्तो छ भनेर सोध्दा उहाँहरुले त्यसबारे अपडेट त गराउनु हुन्थ्यो । तर केके उपचार भएको हो र केकस्ता औषधीहरु चलाइएको हो त्यो बारे भने अस्पतालले भन्न मानेनन् ।
उनीहरुले त्यो विवरण दिन नमिल्ने हाम्रो सिस्टम हो मात्र भने ।
डिस्चार्ज हुने समयमा औधषीहरु लेखिदिन्छौं । त्यो मात्रै हो हामीले दिन मिल्ने अरु हाम्रो प्रक्रिया नै छैन र भन्न पनि नमिल्ने अस्पतालबाट जवाफ आइरह्यो ।
बिरामीका श्रीमान् भन्छन्,‘ हामीलाई त अस्पताललाई नै पुरा विश्वास गर्न नसक्ने अवस्थामा पुग्यौं । त्यसपछि कबुलियत गरेर बिरामीलाई निकाल्यौ । अहिले भारतमा उपचार गराइरहेका छौं ।’
बिरामीका आफ्न्तहरु अस्पताललाई आफुले राम्रो उपचार गरिरहेको छु भन्ने आत्मविश्वाश नभएको कारण नै काठमाडौंका केहि अस्पतालले विवरण दिन नमानेको बताउँछौं ।