छत्रपाटी निःशुल्क चिकित्सालयको नयाँ आकस्मिक भवनको सिलान्यास

काठमाडौं । काठमाडौंको क्षत्रपाटीमा रहेको छत्रपाटी निःशुल्क चिकित्सालयको आकस्मिक उपचार कक्ष विस्तार गर्ने उद्देश्यले नयाँ भवनको बिहिवार एक कार्यक्रमका बीच सिलान्यास गरिएको हो ।

छत्रपाटी निःशुल्क चिकित्सालयले हालसालै खरिद गरेको साढे दुई आना जग्गामा एक तल्ले भवन बनाएर इमरजेन्सी सेवा विस्तार गर्न लागिएको चिकित्सालयका अध्यक्ष डा. मनोजमान श्रेष्ठले जानकारी दिए ।

नयाँ निर्माण गरिने एक तल्ले भवनको आज एक कार्यक्रमका बीच वडा नं १७ का कार्यबाहक वडा अध्यक्ष जितेन्द्र खड्गी र आकस्मिक विभाग विस्तार उपभोक्ता समितिका अध्यक्ष कपिल श्रेष्ठले संयुक्त रुपमा भूमि पुजा गरी सिलान्यास गरिएको हो ।

आगामी २०८१ असार मसान्तसम्म सम्पन्न गर्ने लक्ष्य लिइएको सो भवन करिब ६२ लाख रुपैयाँ खर्च हुनेछ । सो मध्ये ५० लाख रुपैयाँ काठमाडौं महानगरपालिका वडा नं १७ बाट र बाँकी रकम अस्पतालको आन्तरिक स्रोतबाट खर्च हुनेछ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स