नर्भिकमा स्तन क्यान्सरको निःशुल्क ओपीडी हुने

काठमाडौं । थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलमा आगामी शनिबार स्तन क्यान्सर सम्बन्धी निःशुल्क ओपीडी सेवा संचालन हुने भएको छ ।

आगामी शनिवार (कार्तिक१३ गते) नर्भिक अस्पतालमा स्तन क्यान्सरको विषयमा निःशुल्क ओपिडी सेवा संचालन हुने भएको हो ।

स्तन क्यान्सर विशेषज्ञ डा. वानिरा गिरीले शनिवार १० देखि १२ बजेसम्म निःशुल्क ओपीडी सेवा दिने अस्पतालले जनाएको छ ।

पछिल्लो समय नेपाली महिलाहरुमा स्तन क्यान्सरको समस्या बढिरहेको छ । यस्तो अवस्थामा क्यान्सरको शंका लागेका वा लक्षण देखिएकाहरुले आफ्नो निःशुल्क ओपीडी सेवामा आएर लाभ लिनसक्ने डा. गिरीले जानकारी दिइन् ।

नर्भिक अस्पतालले आफ्नो सामाजिक उत्तरदायीत्व अन्तर्गत विगत केही महिनादेखि प्रत्येक शनिवार निःशुल्क ओपिडी सेवालाई संचालन गर्दै आएको छ । यो सेवा अन्तर्गत प्रत्येक शनिवार १० देखि १२ बजे अस्पतालमा कार्यरत कुनै एक विशेषज्ञ डाक्टरले निःशुल्क ओपीडी सेवा दिनेछन् । सर्वसाधारणको निःशुल्क ओपीडी सेवाप्रतिको आकर्षण समेत बढिरहेको अस्पतालले जनाएको छ ।

निःशुल्क ओपिडी सेवा लिन चाहनेले नर्भिक अस्पतालको कल सेन्टरको नम्बर ५९७००३२ मा सम्पर्क गरेर आफ्नो नाम अग्रिम टिपाउन सक्ने सुविधा समेत उपलब्ध छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स