५ देखि ११ वर्षका बालबालिकालाई कोरोना खोप लगाउन स्वीकृत दिने तयारी

काठमाडौं । अमेरिकामा कोरोना भाइरसविरुद्धको फाइजर–बायोएनटेक खोप ५ देखि ११ वर्षसम्मका बालबालिकालाई दिन स्वीकृत गर्ने तयारी भएको छ । त्यहाँको खाद्य तथा औषधिसम्बन्धी प्रशासन (एफडिए) का विज्ञहरूले मंगलवार उक्त कदमको समर्थन गरेपछि अनुमति दिने बाटो खुलेको बीबीसी ले जनाएको छ ।

फूड एण्ड ड्रग एड्मिनिस्ट्रेशन (एफडिए) का विज्ञहरुले हिजो खोपलाई स्वीकृति प्रदान गर्ने पक्षमा आफ्नो मत दिएका हुन् । योसँगै अबको केही हप्ता भित्रै पाँचदेखि ११ वर्षसम्मका बालबालिकाका लागि खोपको आकस्मिक प्रयोगको स्वीकृति प्रदान गर्ने मार्ग प्रशस्त भएको छ । नोभेम्बरको पहिलो हप्ता मै खोपको लागि स्वीकृति मिल्ने जनाइएको छ ।

बालबालिकालाई वयस्कलाई दिइने खोपको मात्राको एक तीहाइ मात्र दिइने छ । यसबाट दुई करोड २० लाख भन्दा बढी बालबालिका लाभान्वित हुने पनि जनाइएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स