फाइजर–बायोएनटेक भ्याक्सिनको बुस्टर डोज ९५.६ प्रतिशत सुरक्षित, नेपालमा कहिले ?

 

काठमाडौं । अमेरिकी कम्पनी फाइजर–बायोएनटेकको कोरोनो भ्याक्सिनको बुस्टर डोजले संक्रमणबाट ९५.६ प्रतिशत सुरक्षा प्रदान गर्ने बताइएको छ ।

कम्पनीले १६ वर्ष माथिका १० हजार व्यक्तिमाथि ११ महिनासम्म लगातार गरिएको ट्रायलको रिपोर्ट सार्वजनिक गर्दै कम्पनीका मुख्य कार्यकारी अधिकारी अल्बर्ट बोर्लाले जानकारी गराएका हुन् ।

फाइजर भ्याक्सिनको दोस्रो डोज लिएपछि ८४ प्रतिशतसम्मको र तेस्रो (बुस्टर) डोज लिएपछि संक्रमणबाट ९५.६ प्रतिशतसम्म बचाउन सकिन्छ ।

कम्पनीले डेल्टा भेरियन्ट संसारमा तीब्र रुपमा फैलिरहेको बेला मानिसहरुमाथि ट्रायल गरेको थियो । ट्रायलको नतिजा आएपछि बुस्टर डोज लिएपछि संक्रमणबाट राम्रो तरिकाले सुरक्षित हुन सकिने पत्ता लागेको उनले बताएका हुन् ।

कम्पनीले ट्रायलको सुरुवाती डाटा यथाशीघ्र नियामक एजेन्सीसँग साझा गरिने बताएको छ । विश्वका धेरै देशले आफ्ना नागरिकहरूको रोग प्रतिरोधी क्षमता बढाउनका लागि कोरोना भ्याक्सिनको बुस्टर डोज लगाउन सुरु गरिसकेका छन् । नेपाल भने कहिले लगाउने यस विषयमा सरकारले चासो दिएको देखिदैन ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स