बच्चादेखि वृद्धसम्मको लागि अमृत बिगौती दूध

काठमाडौं । आयुर्वेदले गाईको बिगौती दूधलाई बच्चादेखि वृद्धसम्मको लागि अमृत सरह मान्यता दिएको छ । यसमा पाइने एन्टिबडीले इमियुनोग्लोबिनको मात्रा बढाउनमा मद्दत गर्छ । जसले रोगसँग लडन सक्ने रोगप्रतिरोधात्मक क्षमता बढाउने तत्व पाइन्छ । क्याल्सियम, भिटामिन र म्याग्नेसियमले बालकमा हड्डीको विकास गर्नेदेखि वृद्धमा हड्डी कमजोर हुन कम गर्नेसम्मको तागत हुन्छ बिगौती दुधमा ।

यसमा प्रोबायोटिक्स, म्याग्नेसियम, भिटामिन ए, डी, ई र के, क्याल्सियम, प्रोटिन, कार्बोहाइड्रेट, फ्याट, भिटामिन, खनिज र एन्टिबडी भनिने विशेष प्रकारका प्रोटिन हुन्छन् । यी कोलोस्ट्रमहरू ब्याक्टेरिया र भाइरसजस्ता रोग निम्त्याउने एजेन्टसँग लड्छन् । यसमा एन्टिबडीको स्तर नियमित गाईको दूधमा हुने स्तरभन्दा १०० गुणा बढी हुन सक्छ । जुन शरीरलाई रोगसँग लड्ने क्षमता प्रदान गर्छ ।

भिटामिन ए ले आँखाको ज्योति बढाउन मद्दत गर्छ । भिटामिन–ए आँखाको लागि आवश्यक पोषक तत्वमध्ये एक हो । त्यस्तै गाईको काँचो दूधमा प्रोबायोटिक्स अर्थात् जीवित सूक्ष्म जीव हुन्छन्, जसले रोगसँग लड्ने क्षमता बढाउँछ । विभिन्न संक्रमणसँग लड्न पनि मद्दत गर्छ । बिगौतीले शरीरको तौल बढाउन तथा कुपोषण लागेको व्यक्तिको लागि पोषणको काम पनि गर्छ ।

नवजात शिशु

आमाको दूधलाई त अरु कुनै पनि दूधले प्रतिस्थापन गर्न सक्दैन । नवजात शिशुको शरीर नाजुक हुने र पाचनप्रणाली पनि परिपक्व भइसकेको हुँदैन । त्यसैले एक वर्षसम्मको शिशुलाई खान दिनु हुँदैन । त्यसपछि भने अलिअलि गर्दै खान दिन सकिन्छ । यसले रोगसँग लड्ने क्षमता बढाउँछ ।

बिगौती व्यक्तिले कति मात्रामा खाने भन्ने कुरा शरीरको पाचनशक्ति कतिको बलियो छ त्यसमा भर पर्छ । जसलाई दूधसम्बन्धी खानेकुरा सजिलै पच्दैन, उनीहरुको पेट गडबड पनि हुन सक्छ । दूधजन्य पदार्थ शरीरले नसहने व्यक्तिले भने बिगौती दूध खानु हुँदैन ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स