यी चिज नियमित सेवन गर्दा दिमाग बन्छ तेजिलो , स्मरण शक्ति बढाउँछ

काठमाडौं । मस्तिष्क विकासको लागि केही खानेकुरा खान महत्व पूर्ण मान्छिन् । जसको नियमित प्रयोगले स्मरण शक्तिको विकास हुन्छ ।

ओखर –जो मानिस दिनहुँ ओखर सेवन गर्छन् उनीहरुमा स्मरण शक्तिको बढोत्तरी हुँदै जान्छ । ओखरमा ओमेगा थ्री फ्याट्टी अम्ल, प्रोटिन, फाइबर, एन्टी अक्सिडेन्ट जस्ता आवश्यक तत्व पाइन्छ । यी तत्वले मष्तिष्क विकास गर्न सघाउँछ ।

स्ट्रबरी –यसमा प्रसस्त मात्रामा एन्टी अक्सिडेन्ट पाइन्छ जसले मस्तिष्कका कोषको क्षयिकरण हुनबाट बचाउँछ । मस्तिष्कमा रहेको कोष क्षयिकरण नहुँदा स्मरण शक्ति बढ्छ ।

गोलभेँडा– गोलभेँडामा प्रोटिन, भिटामिन तथा विभिन्न खाले लवण जस्ता तत्व पाइन्छ । यसमा कार्बोहाइड्रेटको मात्रा कम हुन्छ । गोलभेँडामा हुने लाइकोपिन तत्वले सरीरमा स्वतन्त्र रेडिकल्सको सुरक्षा गर्दछ र मस्तिष्क कोषको क्षयिकरण रोक्दछ ।

दही –दहीमा प्रोटिन, कार्बोहाइड्रेट, खनिज, चिल्लो, क्याल्सियम तथा फोस्फोरस जस्ता लवणहरु पाइन्छ । यसले सरीरमा लाभदायी जिवाणुलाई समेत फाइदा पूराउँछ भने हानिकारक जिवाणुलाई नष्ट गर्न सहयोग गर्छ । दहीमा एमिनो एसिड पाइन्छ जसले दिमागी तनाव कम गरी स्मरण शक्तिमा बढोत्तरी गर्न सघाउ पूराउँछ ।

बदाम– आलमण्ड अर्थात् बदाम सानो भए पनि यो फल बहुगुणकारी छ । बदामको नियमित सेवनले शरीरमा विभिन्न रोग लाग्न त पाउँदैन नै यो बुद्धिवर्धक र सौन्दर्यवर्धक पनि मानिन्छ । यसमा प्रोटिन, भिटामिन, मिनरल्स र फ्याट पर्याप्त मात्रामा पाइन्छ ।

छाला मुलायम बनाउन मात्र होइन यसमा भएका तत्वहरूले स्मरण क्षमता बढाउन मद्दत गर्छ । बदाममा अन्य धेरै पोषक तत्व हुन्छन्, जस्तै, म्यागाजिन, कपर, राइबोफ्लाविन आदि । यी सबै तत्वले शरीरमा शक्ति र ऊर्जा प्रदान गर्दछन् । नियमितरूपमा बिहान उठेर अघिल्लो दिन रातभर पानीमा भिजाएको १० वटा बदाम खाँदा दिमाग तेज हुन्छ ।

अमला–स्वादिष्ट फल अमला स्वास्थ्यको दृष्टिकोणले अति नै गुणकारी छ । अमलाले स्वास्थ्य सम्बन्धी धेरै समस्यालाई समाधान गर्छ । अमलामा प्रशस्त मात्रामा गालिक एसिड, क्याल्सियम, सेलुलोज, टान्निक एसिड र अल्बुमिन जस्ता शरीरलाई आवश्यक पर्ने तत्व पाइने हुँदा यसलाई स्वास्थ्यको दृष्टिकोणले गुणयुक्त फलको रूपमा लिइन्छ ।

बिहान खाली पेटमा अमलाको मुरब्बा खाँदा स्मरणशक्ति बढ्छ । घरिघरि रिस उठ्ने समस्या समेत यसले कम गराउँन मद्दत गर्छ । यस्तै अमलामा सबैभन्दा धेरै भिटामिन सी पाइन्छ । भिटामिन सी प्रशस्त हुने अमलाको नियमित सेवनले कपाल तथा छाला सुन्दर बनाउनुका साथै कपाल झर्ने समस्याबाट पनि मुक्ति दिलाउँछ ।

स्मरण शक्ति बढाउने त्यस्तो कुनै औषधि बनेको छैन । त्यसैले स्मरणशक्ति विकासका लागि हाम्रो जीवनशैली, खानपानको खास भूमिका हुन्छ ।

माछा –मानिसको मस्तिष्कको करिब ६० प्रतिशत भाग बोसोले बनेको हुन्छ । त्यसैले मस्तिष्कलाई सक्रिय बनाउन पनि फैटी एसिडको आवश्यक्ता पर्छ । माछामा ओमेगा ३ फ्याटी एसिड भरपूर मात्रामा पाइन्छ, जसले मस्तिष्क तेजिलो बनाउँछ ।

तुलसी–मसलाको रुपमा तुलसीका पातको प्रयोग निकै लाभदायक हुन्छ । छिटो भुल्ने समस्या भएका मानिसले दिनको २÷३ तुलसीको पात खाँदा त्यसले फाइदा गर्छ ।

जाइफल –जाइफलको सेवनले सरीरलाई चिसोबाट बचाउने मात्र होइन यसमा हुने विशेष तत्वले मस्ष्ितकलाई स्वस्थ राख्न तथा स्मरण शक्ति बढाउन मद्दत पूराउँछ ।

कफी-सहि तरिकाले ठिक्क मात्रामा नियमित कफी पिउनाले स्मरण क्षमतामा सकारात्मक असर गर्ने विभिन्न अध्ययनहरुले देखाएका छन् । कफीको दैनिक सेवनले आलस्यता टाढा भाग्नुका साथै मानिसको स्वास्थ्यमा सकारात्मक असर पार्छ । ब्ल्याक कफीमा क्यालोरीको मात्रा धेरै कम हुन्छ र यसमा क्याल्सियम र पोटासियम जस्ता पोषक तत्व पाइन्छ । बिहानको कफी सेवनले स्मरणशक्ति तेज र मस्तिष्कको क्षमता बढाउँछ । कफीको असर लामो समयसम्म रहने भएकोले दिमागलाई फूर्तिलो बनाउन महत्वपूर्ण मानिन्छ ।

अनार –स्मरणशक्ति बढाउने तरिकाहरू मध्ये एउटा हो, फलफूलहरूको सेवन । जसमा पनि अनारलाई निकै फलदायी मानिन्छ । अनार एन्टीअक्सिडेन्टले भरिपूर्ण हुन्छ । यसको सेवनले शरीरमा रक्तसञ्चार राम्रो हुन्छ । जसको कारण मस्तिष्कसम्म अक्सिजन सजिलै पुग्छ । यसले गर्दा हाम्रो मस्तिष्कले सही तरिकाले काम गर्छ । अनारको जुस पिउँदा रगतमा चिनीको मात्रा पनि बढ्दैन ।

ग्रीन टी-एन्टीअक्सिडेन्ट तत्वले भरपूर ग्रीन टीले स्मरणशक्ति बढाउन मद्दत गर्छ । यसमा पोलिफिनोल तत्व पाइन्छ, जसले स्मरण शक्ति अझै बढाउँछ । दैनिक दुई कप ग्रीन टी नियमित सेवनले स्मरण शक्ति बढाउँन निकै मद्दत गर्छ ।

गाजर –गाजर स्वादिलो मात्र होइन स्वास्थ्यवर्धक खानेकुरा पनि हो । गाजर पौष्टिकताले भरिपूर्ण छ । गाजरमा भिटामिन ए, बी, सी, डी, ई तथा के समेत पाइन्छ । यसमा पर्याप्त एन्टिअक्सिडेन्ट तत्व पाइन्छ । जसले हाम्रो स्मरण शक्ति बढाउँन मद्दत गर्छ । गाजर सम्भव भए दिनहुँ खानु राम्रो हो, नभए दिनको दुईतीनचोटि खाँदा पनि दिमाग स्वस्थ रहन्छ ।

पालुङ्गो–पालुङ्गोमा पोटासियम हुन्छ । यसले मस्तिष्कको कोशिकामा राम्रो सम्पर्क बनाउँछ । साथै सोच्ने तथा याद राख्ने शक्ति बढाउँछ । पालुङ्गोमा एन्टीअक्सिडेन्ट बाहेक म्याग्निसियम, फोलेट, भिटामिन ‘ई’ तथा भिटामिन ‘के’ पाइन्छ, जसले डिमेन्सिया हुनबाट जोगाउँछ । पालुङ्गोले स्मरण क्षमता बढाउनुका साथै यो क्याल्सियमको समेत राम्रो स्रोत हो ।

मह–मह हाम्रो शरीरको लागि बहुउपयोगी खाद्यवस्तु हो । महले मान्छेको स्मरणशक्ति तेज बनाउनुका साथै अनेक रोकको औषधीको रूपमा प्रयोग गर्न सकिन्छ । हाम्रो दैनिक जिवनमा आवश्यक कार्बोहाइड्रेट, प्रोटिन, भिटामिन बी र सी, आइरन, म्याग्नेसियम, क्याल्सियम, पोटासियम, फस्फोरस, सोडियम जस्ता आवश्यक तत्व पाइन्छ । त्यसैले पनि मह सेवन गर्नु आवश्यक मानिन्छ । दिनहुँ मह खाने गर्नाले दिमाग तेजिलो बन्दै जान्छ । महलाई अनारको रससँग मिसाएर खानाले मानसिक समस्या, सुस्तता, निराशा र मानसिक थकान क्रमशः कम हुँदै जान्छन् ।

गाईको घ्यू -गाईको दूधबाट बनाइएको घ्यू नेपालीहरूले प्रायः प्रयोग गरिरहेका हुन्छन् । यसले खानाको स्वाद दुईगुणा बढाउँछ र यो स्वास्थ्यका लागि लाभदायक हुन्छ । यसमा अनेक किसिमका एसिड र बीटा क्यारोटीन पाइन्छ । यसले क्यान्सर जस्ता गम्भीर रोगसँग लड्न शरीरलाई मद्दत गर्छ ।

यो बाहेक गाईको घ्यू मानसिक स्वास्थ्य र छालाको लागि पनि फाइदाजनक हुन्छ । त्यस्तै शरीरमा शक्ति बढाउन र स्मरणशक्ति बढाउनमा गाईको घ्यू निकै लाभकर छ । घिउको फ्याक्टीक एसिडलाई शरीर समयमै पाचन गर्छ । जसले पाचन शक्ति स्थिर राख्न सहयोग गर्छ । गाईको घिउले राति सुत्नु अघि टाउकोको मालिस गर्दा यसले स्मरणशक्ति तीखो बनाउँछ ।

रहर दाल- खानामा दाल भएमा भोजन पनि एकदम स्वादिष्ट हुने गर्दछ । दाल पनि धेरै किसिमका हुन्छन् । कुनै दाल स्वादिष्ट हुन्छ भने कुनै अलिक नमिठो भएता पनि स्वास्थ्यलाई लाभकारी बनाउँछ । त्यो दालमा रहर दाल उत्तम मानिन्छ । रहर दालमा खनिज, कार्बोहाइड्रेट, आइरन, क्याल्सियम आदि प्रशस्त मात्रामा पाइन्छ ।

यसमा २२ प्रतिशत प्रोटिन हुन्छ । राति सुत्नु अघि रहरको दाल भिजाएर राख्ने र बिहान यो दालको पेस्ट बनाएर त्यसमा मिश्री हालेर अथवा दाल बनाएर सेवन गर्नाले दिमाग तीखो हुन्छ । यसरी स्मरण शक्ति बढाउनका लागि खानामा एन्टी अक्सिडेन्ट तथा फ्लेभिन्वाइड तत्वको मात्रा बढाउनु पर्छ । यी खानेकुराको सेवन गर्दा मस्तिष्कमा हुने कोशिकाहरुको क्षतिको दर घट्छ ।

 

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स