कोरोना संक्रमित भन्दा निको हुने बढी

काठमाडौं । नेपालमा विगत २४ घण्टामा ९५३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सो अवधिमा १ हजार ३७१ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिवार दिएको जानकारी अनुसार १० हजार ५७९ जनामा कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन् ।

उक्त अवधिमा गरिएको परीक्षणमध्ये पीसीआर विधिबाट ७ हजार ५० जना र एन्टिजेन विधिबाट ३ हजार ५२९ जनाको परीक्षण गरिएको थियो।

संक्रमणबाट सो अवधिमा छ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा हालसम्म कोरोना भाइरसको संक्रमणबाट ११ हजार ८७ जनाको मृत्यु भएको छ ।

हाल नेपालमा कोरोनाको सक्रिय संक्रमितको संख्या १९ हजार ७०० रहेको छ । यसैगरी काठमाडौं उपत्यकामा सो अवधिमा ३११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यसैबीच मन्त्रालयले विगत २४ घण्टामा २ लाखभन्दा बढीले कोरोना भाइरसविरुद्धको खोप लगाएको बताएको छ । मन्त्रालयका अनुसार देशभर खोपको पूर्ण मात्रा लगाउनेको संख्या ६० लाख १४ हजार ९४१ पुगेको छ भने ६५ लाख २८ हजार ३९२ जनाले पहिलो मात्रा लगाइसकेका छन् ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स