डाक्टरको लाइसेन्समा ४७ प्रतिशतमात्रै पास

काठमाडौं । चिकित्सकहरूको नाम दर्ता प्रमाणपत्र (लाइसेन्स) परीक्षामा ४७ प्रतिशतमात्रै चिकित्सक पास भएका छन् । नेपाल मेडिकल काउन्सिलले गत १२ देखि १५ गतेसम्म लिएको परीक्षामा एमबीबीएस र वीडीएसतर्फ गरी जम्मा १ हजार ९१ जना, (४७) प्रतिशत चिकित्सक पास भएका हुन् ।

एमबीबीएस र बीडीएसमा गरी २ हजार ३ सय ३११ ले चिकित्सक लाइसेन्स परीक्षा दिएका थिए । सोमध्ये १ हजार २२० जना (५३ प्रतिशत) फेल भएका काउन्सिलका रजिष्ट्रार डा. कृष्णप्रसाद अधिकारी बताए ।

काउन्सिलको तथ्यांक अनुसार एमबीबीएस तर्फ ४७.११ र बीडीएस तर्फ ४७.६० प्रतिशत चिकित्सक पास भएका छन् । यसपटक एमबीबीएसमा कुल १ हजार ८३९ जनाले परीक्षाका लागि फारम भरेका थिए ।

त्यसमध्ये परीक्षामा ७ जना अनुपस्थित भएका थिए । डा. अधिकारीले एमबीबीएसतर्फ कुल १ हजार ८३२ जनाले एबीबीएसतर्फको लाइसेन्स परीक्षा दिएकोमा ८६३ जना मात्रै पास भएको बताए ।

बीडीएसतर्फ कुल ४८२ जनाले फारम भरेकोमा ३ जना अनुपस्थित भएका थिए । त्यसपछि परीक्षा दिएका ४७९ जना भए पनि २२८ जना मात्रै पास भएका छन् । परीक्षा नेपाल इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोकमा भएको थियो ।

त्यसैगरी, धेरै डाक्टर पटक–पटक फेल हुन थालेपछि काउन्सिलले एमबीबीएस उत्तीर्ण विद्यार्थीले चिकित्सा पेशा अपनाउन नचाहे लाइसेन्स परीक्षा दिन नपर्ने व्यवस्था ल्याउन पनि गृहकार्य गरिरहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स