सूर्य नेपालद्वारा पृथ्वी हाइवे ट्रमा अस्पताललाई एम्बुलेन्स हस्तान्तरण

काठमाडौं । सूर्य नेपाल प्रा लिले सशस्त्र प्रहरी बल नेपाल विपद्, व्यवस्थापन तालिम शिक्षालय कुरिनटार, चितवनमा रहेको पृथ्वी हाइवे ट्रमा अस्पताललाई एम्बुलेन्स हस्तान्तरण गरेको छ ।

हाल सो ट्रमा अस्पतालमा एम्बुलेन्सको अभाव भएकोले तुरुन्तै घाइते बिरामीहरुलाई उद्धार गर्न कठिनआई भएकोले कम्पनीले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत सूर्य नेपाल आशा मार्फत एम्बुलेन्स उपलब्ध गराएको हो । प्राप्त एम्बुलेन्स हाइवेका वरिपरी हुने दुर्घटनामा परेका बिरामीहरुको उद्धारका लागी प्रयोग हुनेछ

सोमबार एक कार्यक्रमकाबीच सशस्त्र प्रहरी बल नेपाल विपद्, व्यवस्थापन तालिम शिक्षालय कुरिनटार, चितवनका प्रमुख यस यस पि अन्जनी कुमार पोख्रेललाई कम्पनीको भाइस प्रेसिडेन्ट करपोरेत अफैर्स रवी के सिले एम्बुलेन्सको चाबी हस्तान्तरण गरेका थिए ।

कार्यक्रममा सशस्त्र प्रहरी बल नेपाल विपद्, व्यवस्थापन तालिम शिक्षालय कुरिनटार, चितवनका प्रमुख यस यस पि अन्जनी कुमार पोख्रेल, सूर्य नेपाल प्रा लि को भाइस प्रेसिडेन्ट करपोरेत अफैर्स रवी के सि, प्रबन्ध निर्देशक रवी के रायवरम , भाइस प्रेसिडेन्ट फाइनेन्स विकास भुत्रा , भाइस प्रेसिडेन्ट मारकेटिङ दिप्रा लेहरी लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स