चीनबाट खरिद गरेको ४४ लाख डोज खोप आइपुग्यो

काठमाडौं । नेपाल सरकारले चीनबाट खरिद गरेको ४४ लाख डोज खोप काठमाडौं आइपुगेको छ ।

नेपाल एयरलाइन्सको वाइडबडी ३३० जहाजबाट उक्त खोप ल्याइएको हो ।

खोप दिउँसो पौने २ बजे काठमाडौं आइपुगेको हो ।

चीनबाट ल्याइएको खोप आजदेखि नै प्रदेशस्तरमा वितरण सुरु गरिने स्वास्थ्य सेवा विभागले जनएको छ । वाग्मती प्रदेशको हेटौंडा र लुम्बिनी प्रदेशमा आजै खोप पठाउने तयारी गरिएको विभागका आपूर्ति व्यवस्थापन शाखा प्रमुख उपेन्द्र ढुंगानाले बताए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स