काठमाडौँमा पहिलो डिजिटल स्वास्थ्य सम्मेलन सम्पन्न

काठमाडौं । काठमाडौंमा मंगलबार डिजिटल स्वास्थ्य सम्मेलन सम्पन्न भएको छ । मंसिर १२ र १३ गते २ दिनसम्म आयोजना भएको सो सम्मेलन नेपालमा पहिलो पटक आयोजना भएको हो ।

वी.पी. कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानस्थित ईलर्निङ तथा टेलिमेडिसिन युनिटको आयोजनामा सो सम्मेलन आयोजना भएको थियो । प्रतिष्ठानले स्विजरल्याण्डस्थित जेनेभा विश्वविद्यालय र डिजिटल हेल्थ हबसँगको सहकार्यमा सम्मेलन आयोजना गरेको हो ।

सम्मेलनको उद्घाटन गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रि भवानी प्रसाद खापुङले डिजिटल स्वास्थ्य सेवा मुलुक र जनताका लागि अत्यन्त आवश्यक रहेको र यसको प्रवद्र्धनमा वी.पी. कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले उल्लेखनीय भूमिका खेलेको भन्दै प्रशंसा गरे । साथै उहाँले डिजिटल स्वास्थ्य सेवालाई अझ परिस्कृत र प्रभावकारी बनाउन खाँचो रहेको औँल्याएो ।

कार्यक्रमका अर्का अतीथि नेपालका लागि स्विस राजदुत एलिजाबेथ भोन क्यापेलरले यस खालका सम्मेलनले सिकाई आदनप्रदान सँगै भावी कार्ययोजना निर्माणका लागि दिशानिर्देश गर्ने बताउँदै आयोजकलाई धन्यवाद प्रकट गरे। साथै उनले यस्ता खालका रचनात्मक कार्यलाई निरन्तरता दिनुपर्नेमा जोड दिए।

सम्मेलनमा स्विजरल्याण्ड, जापान, अष्ट्रेलिया र भारतसँगै नेपालका सरकारी तथा गैरसरकारी क्षेत्रका प्रतिनिधिहरुको सहभागिता रहेको र ३० भन्दा बढि कार्यपत्र प्रस्तुत भएको सम्मेलन आयोजक समितिका सचिव डा. परमेन्द्र प्रसाद गुप्ताले जानकारी दिए।

सम्मेलनको आयोजनाले डिजिटल स्वास्थ्य नीतिलाई सहि मार्गनिर्देश गर्न सहयोग पु¥याउने सम्मेलन आयोजक समितिका अध्यक्ष प्रा. डा. नरेन्द्र भट्टले दावी गरे।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स