काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ४२६ जना मा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
जसमा काठमाडौंमा ३०१, भक्तपुरमा ५७ र ललितपुरमा ६८ जना संक्रमित थपिएको हो ।
योसँगै उपत्यकामा सक्रिय संक्रमितको संख्या ६ हजार ४१८ पुगेको छ ।
देशभर थप १,४८६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा कोरोनाका कारण १६ जनाको मृत्यु भएको छ ।