अब विद्यार्थीले ओपीडी टिकट शुल्कमा ५० प्रतिशत छुट पाउने

काठमाडौं । सरकारले सरकारी अस्पतालको बहिरंग सेवा (ओपीडी) टिकटको शुल्कमा विद्यार्थीलाई ५० प्रतिशत छुट दिएको छ। नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी संगठन अनेरास्ववियूले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै सरकारी अस्पतालको ओपीडी सेवामा मन्त्रालयसँग ५० प्रतिशत छुट दिने सहमति भएको बताएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सरकारी अस्पतालहरुलाई पत्राचार गर्दै ओपीडी टिकटको शुल्कमा विद्यार्थीलाई ५० प्रतिशत छुट दिन निर्देशन दिएको हो। सरकारको यो व्यवस्थासँगै अब विद्यार्थी ओपीडी टिकट शुल्कमा विद्यार्थीले ५० प्रतिशत छुट सुविधा पाउनेछन्।

मन्त्रालयका अनुसार छुट सुविधा पाउन विद्यार्थीले अनिवार्य रुपमा परिचयपत्र देखाउनुपर्ने हुन्छ। विद्यार्थीको परिचयपत्रको आधारमा सहुलियत दिने अस्पतालहरुमा कान्ति बाल अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग, परोपकार प्रसूती तथा स्त्री रोग, आयुर्वेद चिकित्सालय लगायतका देशभरका २७ वटा अस्पताल रहेका छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स