नर्भिकले ल्यायो ‘टिचर्स डे’ को अवसरमा शिक्षकहरुलाई १० प्रतिशत छुटको व्यवस्था

काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटलले आफ्ना सबै सेवामा शिक्षकहरुका लागि एक सातासम्म १० प्रतिशत छुटको अफर घोषणा गरेको छ । ‘टिचर्स डे’को अवसर पारेर नर्भिक अस्पताललले यस्तो अफरको घोषणा गरेको हो ।

यो अफर आगामी शुक्रबार पर्ने ‘टिचर्स डे’को दिनबाट सुरु भएर एकसातासम्म रहने अस्पतालले जनाएको छ । यो अवधिमा कुनै पनि सरकारी तथा निजी विद्यालयका शिक्षकहरुले अस्पतालका सबै खालका सेवामा १० प्रतिशत छुट पाउने छन् ।

यस्तो अफरमा सहभागी हुनका लागि बिरामी भएर आउने शिक्षकले प्रष्ट परिचय खुल्ने परिचयपत्र भने देखाउनु पर्नेछ । नर्भिकले यसअघि नै बुबाको मुख हेर्ने दिन र तिजको अवसर पारेर विशेष अफर सार्वजनिक गरी कार्यान्वयनमा ल्याइसकेको छ । यी दुई पर्वको अवसरमा सार्वजनिक अफर अहिले पनि चलिरहेको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स