मिदासको अनलाइन अपोइन्टमेन्ट सेवा, घण्टौं लाइन बस्ने सास्तीबाट छुटकारा

काठमाडौं । मिदास टेक्नोलोजीले राष्ट्रिय ट्रमा सेन्टर, काठमाडौं र हेटौंडा अस्पतालको सेवा डिजिटलाइज गर्नुको साथै अनलाइन टिकट सेवा सुरु गरेको छ । यो सेवापछि अस्पतालमा जचाउँन बिहानै देखि घण्टौं लाइनमा बसेर पाउने सास्तीबाट बिरामीवर्गले छुटकारा पाउनेछन् । यो सेवा स्वास्थ्य क्षेत्र अन्र्तगतमा मिदास टेक्नोलोजी सफ्टवेर मार्फत शुरु गरिएको छ ।

बिरामीहरू आफैं अपोइन्टमेन्ट लिन र भुक्तानी गर्न सक्षम हुनेहुँदा अस्पतालमा गई लाइन लाग्ने झन्झटबाट मुक्ति मिल्नुका साथै समयको पनि बचत हुनेछ । विश्वमा जारी कोरोना महामारीको समयमा यो सेवा झनै बढी प्रभावकारी हुने विश्वास लिइएको छ ।

यो सेवा हाललाई टिचिङ अस्पताल, वीर अस्पताल, सिभिल सर्भिस अस्पताल, मनमोहन कार्डियो, वी. पी. कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान, धरान संगै अरु मिदास टेक्नोलोजीले उपलब्ध गराईएको सफ्टवेर प्रयोगकर्ता माझ अन्य सरकारी तथा निजी अस्पतालहरुले समेत दीर्घकालीन उपचार र चिकित्सकसँग परामर्शका लागि मोबाइल एप्लिकेसनमार्फत अनलाइन अपोइन्टमेन्ट लिन सकिने गरी व्यवस्था मिलाएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स