२४ घण्टामा ९१२ जना कोरोना संक्रमित थपिए

काठमाडौं । पछिल्लो २४ घण्टामा ९१२ जना कोरोना संक्रमित थपिएका छन् । ६४९१ जनामा गरिएको नमूना परीक्षणमा ९१२ जनामा संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सो समयावधि १ जना संक्रमितको मृत्यु भएको छ भने ३७० जना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् ।

मन्त्रालयका अनुसार अहिले देशभर ५७६० जना सक्रिय संक्रमित रहेका छन् । पछिल्लो समयमा नेपालमा कोरोना संक्रमितहरुको संख्या बढ्दै गएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स