एकैदिन थप ४५७ जनामा कोरोना संक्रमण पुष्टि, एक जनाको मृत्यु

काठमाडौं । देशभर एकैदिन थप ४५७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

आज ४ हजार ६५१ जनाको परीक्षण गर्दा ४५७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो पछिल्लो ५ महिनायताकै उच्च संक्रमण हो ।

त्यस्तै, कोरोनाका कारण एकजनाको मृत्‍यु भएको छ ।

योसँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या १ हजार ७७६ पुगेको छ । पछिल्लो २४ घण्टामा ४८जना संक्रमणमुक्त भएका छन् ।

कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ९५४ जना पुगेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स