काठमाडौं । सरकारले स्वास्थ्य संस्थामा हुने मृत्युको अडिट गर्ने घोषणा गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले आज मंगलबाट संघीय सांसदको दुवै सदनमा प्रस्तुथ भएको सरकारको नीति तथा कार्यक्रममा स्वास्थ्य संस्थामा हुने मृत्युको अडिट गर्ने उल्लेख गरिएको हो ।
नेपालमा नयाँ प्रयोगको रुपमा ल्याइएको यो घोषणा हरेक स्वास्थ्य संस्थामा स्वास्थ्य उपचारको क्रममा हुने मृत्युको अडिट गरिने नीति अघि सारिएको छ ।
सरकारको यस्तो घोषणासँगै गलत उपचारबाट हुने नागरिकको मृत्यु अन्त्य हुने देखिएको छ । अस्पतालमा पुगेका बिरामीहरुको मृत्युको कारण चिकित्सकको लापरवाही अन्त्य गर्न सर्वसाधारणको स्वास्थ्य उपचारको ग्यारेन्टी गर्न यस्तो नीति अघि सारिएको हो ।
यस अघि उपचारका क्रममा हुने गरेको मृत्यु जुनसुकै कारणले भएपनि वेवास्ता गरिएको थियो । अव नीतिले सम्बोधन गरेको विषय कार्यान्वयनमा गए चिकित्सकको लापरवाहीका कारण मृत्यु कम हुने देखिएको छ ।