स्त्री रोगसम्बन्धी उपचारको लागि नेपाली महिलाको रोजाईमा एभरेष्ट अस्पताल

काठमाडौं । विदेशमा बस्ने नेपाली महिलाहरुको स्त्री रोग सम्बन्धी उपचारका लागि पहिलो रोजाइमा एभरेष्ट अस्पताल पर्दै आएको छ ।

विदेशमा बस्ने नेपाली नागरिकहरु धेरै छन् । पछिल्लो समय विदेशमा बस्ने नेपालीहरुको स्वास्थ्यमा समस्या हुँदा सकेसम्म आफ्नै देशमा उपचार गराउँन रुचाउने गर्दछन् । विदेशमा उपचार गराउँदा भाषाको समस्या हुने र उपचार महङ्गो पनि हुने भएकाले सकेसम्म स्वदेशमा नै उपचार गराउँन आउने विरामीहरुको संख्या उल्लेखनीय रहेको एभरेष्ट अस्पतालले जनाएको छ ।

पोचुुगल, अमेरिका, माल्दिभ्स, बेलायत, जापान लगाएतका देशहरुमा कामको सिलसिलामा बसोबास गर्दै आएका नेपाली महिलाहरुको स्त्री रोगसंग सम्बन्धित शल्यक्रिय सफलरुपमा गरिसकेको अस्पतालले जनाएको छ । उनीहरु मध्ये कतिपयको पाठेघरमा मासु पलाएको निकाल्ने शल्यक्रिया, अण्डामा शिष्ट पलाएकाको शल्यक्रिया लगायत निशन्तानका बिरामीहरुको पनि उपचार गरिसकेको छ ।

उपचारकै क्रममा पोखरा घर भै कामको सिलसिलाम माल्दिभ्समा बसोबास गर्दै आएकी पुनम थापाको ओभरलमा सिस्ट पलाएकोले करिब ६ वर्ष पहिले माल्दिभ्स लगाएत स्वदेशका अस्पतालमा उपचार गराई सके पनि ठिक नभएकोले एभरेष्ट अस्पतालमा उपचारको लािग आएको उनले बताईन । उनले विदेशमा उपचार गराउँदा महंगी त छदै नै छ अर्काे समस्या भनेको भाषाको पनि हुने भएकोले आफ्नो देशमा उपचार गराउँदा परिवार पनि संगै हुने र केही जटिल परिस्थितीमा परिवारको साथ सहयोग हौसला पाइने भएकोले आत्मविश्वास बढ्ने बताईन ।

एभरेष्ट अस्पतालका स्त्री रोग तथा निशन्तान विशेषज्ञ डा. राजन शाह र उनको टिमले त्यससंग सम्बन्धित सेवा दिदै आएकाछन्

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स