नर्भिक इन्टरनेशनल हस्पिटलमा क्यूआरकोडबाट आवश्यक सेवाको विषयमा जानकारी लिन सकिने

काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटलले क्यूआरकोडबाट आवश्यक सेवाको विषयमा जानकारी पाउन सकिने सुविधा थपेको छ ।

नर्भिक अस्पतालले उपलब्ध सबै सेवाको विषयमा जानकारी लिन चाहनेले वेबसाइटमा गएर स्क्रोल गर्नुपर्ने बाध्यता अन्त्य गर्दै क्यूआर कोड स्क्यान गरी ती विषयमा सहजै आवश्यक सबै जानकारी लिनसक्ने विशेषतासहितको सेवा सुरु गरेको हो ।

यो सेवा कार्यान्वयनमा आएसँगै अब नर्भिक अस्पतालमा गरिएको ल्याबटेस्टको रिपोर्ट क्यूआर कोड स्क्यान गरी डाउनलोड गर्न सकिनेछ । क्यूआर कोड स्क्यान गरेपछि सोझै ल्याब रिपोर्ट डाउनलोडन गर्ने पेजमा पुगिन्छ ।

यस्तै, विशेषज्ञ चिकित्सकहरुको ओपिडी समयको विषयमा आवश्यक जानकारीका लागि पनि मुख्य वेबसाइटमा गएर अप्सन खोज्न स्क्रोल गरिरहनु पर्ने छैन ।

ओपिडी टाइमिङको क्यूआरकोड स्क्यान गरेपछि सोझै सम्बन्धित पेजमा पुगिनेछ । सो पेजमा पुगिसकेपछि अनलाइनबाटै डाक्टरको अपोइनमेन्ट समेत लिन सकिने सुविधा उपलब्ध गराइएको नर्भिक अस्पतालले जनाएको छ ।

नर्भिकले उपलब्ध विशेषज्ञ चिकित्सकहरुको प्रोफाइल समेत क्यूआर कोड स्क्यान गरी हेर्न सकिने सुविधा समेत उपलब्ध गराएको छ ।

यसैगरी, नर्भिक अस्पतालमा उपलब्ध विभिन्न स्तरका रुमहरुको विषयमा जान्न चाहनेका लागि समेत क्यूआर कोड उपलब्ध रहेको छ ।

यस्तै, नर्भिकको ओपिडी र आइपिडी सेवामा उपलब्ध विभिन्न हेल्थ प्याकेजहरुको विषयमा पूरा जानकारीको आवश्यकता पर्नेले समेत वेबसाइटमा अलमलि रहनुपर्ने छैन, सोझै क्यूआर कोड गरे पुग्ने फिचर थपिएको छ ।

कोही कसैलाई नर्भिक अस्पतालको विषयमा विवरण चाहिएमा, सम्पर्क नम्बर, ठेगाना वा यस्तै सामान्य जानकारी चाहिएमा वेबसाइट भिजिट गरिरहनुपर्दैन ।

त्यस्ता व्यक्तिका लागि समेत क्यूआर कोड स्क्यानको सुविधा दिइएको छ । क्यूआरकोड स्क्यान गर्नेबित्तिकै अस्पतालको ओभरभ्यू पढ्न पाइनेछ ।

नर्भिक अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्रले अस्पतालको मुख्य वेबसाइटमा यसअघि नै समावेश सूचनाहरुलाई व्यवस्थित गर्न र ती सूचनासम्म छरितो ढंगले सम्बद्ध व्यक्तिको पहुँच स्थापित गर्न क्यूआर कोडको फिचर कार्यान्वयनमा ल्याइएको बताए ।

‘सबै सूचना यसअघि पनि वेबसाइटमा अपलोड नै थियो । तर क्यूआर कोडले वेबसाइट स्क्रोल गर्नुपर्ने बाध्यता हट्यो । सर्टकर्ट बाटो क्रिएट गरिएको मात्र हो,’ उनले भने–‘यसबाहेक नर्भिकले विगतदेखि नै क्यूआर कोड स्क्यान गरेर अस्पतालको बिल तिर्न सकिने सुविधा समेत उपलब्ध गराइरहेकै छ ।’

क्यूआर कोडको फिचर थपिएपछि सूचना चाहने सेवाग्राहीको समयको बचत हुने र सर्टकर्ट विकल्प उपलब्ध हुने भएका कारण सेवा लिनेका लागि सहजता हुने समेत उनको भनाई छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स