काठमाडौं । बुस्टर डोजका रुपमा सुरुमै लगाएको खोप लगाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आग्रह गरेको छ ।
फरक खोप लगाउँदा शरीरमा भ्याक्सिनले गर्ने प्रतिक्रिया फरक हुन सक्ने भएकाले सुरुमै लगाएको खोप लगाउन आग्रह गरेको मन्त्रालयका सहप्रवक्ता डा.समीरकुमार अधिकारी बताए ।
कोभिसिल्ड र अस्ट्राजेनिका नाम फरक भए पनि बनाउने प्रक्रिया एउटै भएकोले यी दुई खोप मध्य कुनेपनि लगाउन सकिने उनले बताए ।