‘नर्भिकका ८० प्रतिशत सेवाग्राही मध्यम र निम्न मध्यम वर्गीय परिवार कै हुन् ’

काठमाडौं । नर्भिक अस्पताल अन्य अस्पतालजस्तै सर्वसाधारणको पहुँच र क्षमताले भ्याउने गरी सेवा दिइरहेको अस्पतालमा प्रमुख कार्यकारी अधिकृत (सीईओ) अजयकुामार मिश्रले बताएका छन् । सरकारी अस्पतालको तुलनामा निजी अस्पतालको महँगो हुनु स्वभाविक कै भएपनि अन्यभन्दा नर्भिक महँगो नभएको दावी उनले गरे ।

‘आजका दिनमा पनि ३३ सयमा बेड पाउनुलाई महँगो भन्ने कि नभन्ने ? उनले प्रतिप्रश्न गरे । निजी अस्पतालामा सबै सुविधा पाइन्छ । सरकारी अस्पताल पनि सस्तो होइन, सरकारले अनुदान दिएर सस्तो भएको हो,’ उनले भने ‘सरकारी अस्पतालबाट सेवा लिइरहेका बेला एकै पटक निजी क्षेत्रमा जाँदा मानिसले अलि महँगो भएको महशुस गर्नु स्वभाविक हो ।’
पछि विस्तारै निजी क्षेत्रको लगानीमा मेडिसिटी, ग्राण्डी, ह्याम्स, नोबेल अस्पताल खुले । नयाँ अस्पताल खुल्दै जाँदा पनि पुरानो भ्रम त्यही कायम रहर्यो । तर त्यसलाई चिर्ने काम भएन ।

सरकारी अस्पतालमा सरकारको त्यो भन्दा बढी खर्च छ । सरकारले अनुदान दिएकोले जनताले थोरै पैसा तिर्नु परेको हो । नर्भिक भन्दा महँगा अरु धेरै अस्पताल छन् । नर्भिकलाई सस्तो अस्पताल नै मान्नु पर्ने उनले बताए ।

नर्भिकको ओपीडीबाट सेवा लिने धेरै मध्यम वर्गीय परिवार नै हुन् । नर्भिकको ८० प्रतिशत सेवाग्राही मध्यम र निम्म मध्यम वर्गीय भएको पनि सीईओ मिश्रले बताए ।

‘अनि नर्भिक सेवा लिन नसकिने हस्पिटल कसरी भयो,’ उनले भने ‘आजको दिनमा पनि यो अस्पताल मध्यम वर्गीय परिवारबाट चलेको छ । महँगो भन्ने भ्रम चिर्न आवश्यक छ । नर्भिकको सबैभन्दा ठूलो विशेषता यो काठमाडौंको मुटुमा अवस्थित छ ।’

‘अनि नर्भिक सेवा लिन नसकिने हस्पिटल कसरी भयो,’ उनले भने ‘आजको दिनमा पनि यो अस्पताल मध्यम वर्गीय परिवारबाट चलेको छ । महँगो भन्ने भ्रम चिर्न आवश्यक छ । नर्भिकको सबैभन्दा ठूलो विशेषता यो काठमाडौंको मुटुमा अवस्थित छ ।’

अत्यावश्यक र अप्ठ्यारो परेको समयमा टाडा जान सकिँदैन । नर्भिक नै आउने हो । आउने जाने समय र खर्चको हिसाबले यो प्राइम लोकेसनमा छ । प्राइम हुँदा एक, २ वटा समस्या पनि छन् । पार्किङ, अस्पतलाको कोठा, ओपीडी साना छन् । बढाउनका लागि प्रर्याप्त खुल्ला क्षेत्र छैन । यो हाम्रो बाध्यता हो । सहरको भित्र केही खोज्छौं भने यस्ता समस्यासँग सम्झौता गर्नुपर्छ ।

यो अस्पताल चौधरी ग्रुपले नाफा भन्दा पनि सेवा दिने उद्देश्यले खोलेको अस्पताल हो । विशेषगरी कार्डियोलोजिमा पहिला पनि शुक्रबार निःशुल्क ओपीडी छुट हुन्थ्यो ।

त्यतिबेला समयमा प्रचार प्रसारको अभाव भएको होला । पछिल्लो समय मिश्र सीईओको रुपमा आएपनि शनिबार निःशुल्क सेवा सञ्चालन भइरहेको छ । ‘त्यतिमात्रै होइन काठमाडौं महानगरको वडा नम्बर १० मा अवस्थित भएकाले यहाँका वडाबासीलाई १० प्रतिशत छुटमा सेवा प्रदान गरिरहेका छौं,’ उनले भने ‘ यो छुट उहाँहरूले सबै सेवामा पाउनु हुन्छ । ७५ वर्ष कटेका जेष्ठ नागरिकलाई सम्मान गर्दै उहाँहरूलाई पनि सबै सेवामा १० प्रतिशत छुट अस्पतालले दिएको छ ।

आर्थिक रुपमा विपन्न तथा सम्पन्न दुबैलाई लक्षित गरि हप्ताको एक दिन निःशुल्क क्लिनिक चलाउ भन्ने सोचका साथ शनिबार सेवा सञ्चालन गरिएको हो । कुनै शनिबार सय जनासम्मले यो सेवा लिइरहनु भएको छ । यसमा राम्रो प्रतिक्रिया आइरहेको उनले बताए । यो समाज सेवा र समाजप्रतिको उत्तरदायित्व दुबैलाई निर्वाह गरेको छ ।

आर्थिक रुपमा विपन्न तथा सम्पन्न दुबैलाई लक्षित गरि हप्ताको एक दिन निःशुल्क क्लिनिक चलाउ भन्ने सोचका साथ शनिबार सेवा सञ्चालन गरिएको हो । कुनै शनिबार सय जनासम्मले यो सेवा लिइरहनु भएको छ । यसमा राम्रो प्रतिक्रिया आइरहेको उनले बताए । यो समाज सेवा र समाजप्रतिको उत्तरदायित्व दुबैलाई निर्वाह गरेको छ ।

नर्भिकसँग खुल्ला क्षेत्रको अभाव छ । खुल्ला क्षेत्र प्रर्याप्त थियो भने अझै राम्रो सेवा दिन सकिन्थ्यो । अन्यथा नर्भिकले स्वास्थ्य सेवामा दिनु पर्ने र दिन सक्ने सबै सेवा दिएको छ । नर्भिकले क्यान्सर, अर्थो, न्यूरो, पीसीआर सबै प्रकारका सेवा दिँदै आएको छ । ।

त्यसैमा अलि बढी सेवा थप्पन सकिन्छ कि भनेर अस्पतालले अध्ययन गरिरहेको पनि उनले बताए । क्यान्सरको सर्जरी, किमो गछौं । तर, रेडियसन गर्न नसकेकोमा उनले दुःख व्यक्त गरे । रेडियसनका लागि मुख्य त अस्पतालसँग स्पेस अभाव छ । ठाउँ थियो भने अस्पतालले त्यो सेवा पनि शुरु गरिसक्ने थियो ।

त्यसो त अस्पतलाले रेडियसन पनि गर्न सकिन्छ कि भन्ने सोच पनि बनाएको छ । भर्खर आइबीएस सेन्टर सुरु गरेका छौं । यसले निसन्तान दम्पतीलाई खुसी बढ्ने काम भएको छ । राम्रो भइरहेको छ । ‘केही समय भित्र नर्भिक स्किन सेन्टर खोल्दै छौं । यसबाट छाला सम्बन्धी सबै सेवा उपलब्ध हुनेछ । यो सेवा अहिले पनि छ । तर, हामी यसलाई छुट्टै व्यवस्थापन मिलाउँदै छौं,’ मिश्रले भने ।

यसका लागि अस्पतालले आवश्यक पूर्वाधार तयार पारिरहेको छ । केही समय पछि अस्पतालले कस्मेटिक सेवा पनि सुरु गर्दैछैं । ‘विस्तारै अहिले नभएका सेवा पनि जोड्दै गइरहेका छौं । ठाउँको जति उपलब्धता छ, यसको अधिकतम उपयोग गरेर सेवा विस्तार गर्ने अस्पतालको रणनीति छ,’ उनले थपे ।

बैंकमा जे जति प्रोडक्ट ल्याउथ्यौं, त्यो सहजै सबैले बुझ्ने हुन्थ्यो र उपयोग गर्न सक्ने हुन्थ्यो । बैंकका कर्मचारीहरू सबै शिक्षित र जागरुप हुन्छन् । अस्पतालमा २ किसिमका कर्मचारी हुन्छन् । यहाँ एकातर्फ उच्च प्राविधिक डक्टरहरु हुन्छन् । अर्को तर्फ सामान्य लेखपढ र साक्षर कर्मचारीहरु हुनुहुन्छ । अस्पतालमा यस्ता कर्मचारी धेरै हुनुहुन्छ ।

बैंकमा जे जति प्रोडक्ट ल्याउथ्यौं, त्यो सहजै सबैले बुझ्ने हुन्थ्यो र उपयोग गर्न सक्ने हुन्थ्यो । बैंकका कर्मचारीहरू सबै शिक्षित र जागरुप हुन्छन् । अस्पतालमा २ किसिमका कर्मचारी हुन्छन् । यहाँ एकातर्फ उच्च प्राविधिक डक्टरहरु हुन्छन् । अर्को तर्फ सामान्य लेखपढ र साक्षर कर्मचारीहरु हुनुहुन्छ । अस्पतालमा यस्ता कर्मचारी धेरै हुनुहुन्छ ।

त्यो भिन्नता धेरै छ । अस्पतालमा सामान्य शिक्षितदेखि अति शिक्षितको जमात छ । यो एकदमै संवेदनशिल क्षेत्र हो । बैंकमा पैसासँग करोबार गर्ने हो । यहाँ अलिकति पनि व्यवस्थापकीय गल्ती भयो भने मानिसको ज्यान जान सक्छ । यसका लागि अझै बढी सजकता अपनाउन आवश्यक छ ।

बैंकमा अपरेसन, क्रेडिट, ट्रेजरी हुन्छ । यहाँ त व्यापक छ । अस्पतालमा व्यापक छ । सरसफाइ, लन्डीदेखि डाक्टरसम्म । शिक्षित व्यक्तिसँग काम गर्दा सहज हुन्छ ।

२८ वर्ष अघि ठूलो क्षमताको निजी क्षेत्रको अस्पताल काठमाडौंमा कुनै थिएन । निजी क्षेत्रबाट पहिलो पटक यो अस्पताल खुलेको हो । नर्भिकले चाँडै नै थापाथलीमा २ सय बेडको अस्पतालको बेडेलाई विस्तार गरेर ३ सय बनाउँदै छ भने काठमाडौं उपत्यका बाहिर १/१ सय बेडका दुई वटा अस्पताल खोल्ने तयारी गरेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स