यी हुन् काठमाडौं उपत्यकामा ‘बुस्टर’ डोज लगाउने १७ स्थान

काठमाडौं । सरकारले कोरोना भाइरसविरुद्धको ‘बुस्टर’ मात्रा खोप काठमाडौं उपत्यकाका विभिन्न १७ स्थानबाट लगाउन थालेको छ । कोरोना भाइरस सङ्क्रमण बढेसँगै सरकारले ‘बुस्टर’ डोज दिन थालेको हो ।

अग्रपङ्क्तिमा काम गर्ने व्यक्तिलाई माघ २ गतेदेखि र ६० वर्षभन्दा माथिका सबै ज्येष्ठ नागरिक र खोपको पूर्ण मात्रा लगाएको ६ महिना पूरा भएका व्यक्तिलाई माघ १४ गतेदेखि ‘बुस्टर’ मात्राको खोप दिइने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । खोप लगाउन यसअघिको खोप कार्ड अनिवार्य लैजानु पर्नेछ । ‘बुस्टर’ डोजमा पहिले जुन खोप लगाएको हो सोही खोप लगाउनुपर्ने हुन्छ ।

काठमाडौं उपत्यकामा ‘बुस्टर’ डोज लगाउने १७ स्थानः

वीर अस्पताल, सहिद मेमोरियल अस्पताल कलंकी, विरेन्द्र सैनिक अस्पताल छाउनी, , सशस्त्र प्रहरी बल अस्पताल बलम्बु, , लोट्से भवन नयाँ बसपार्क, नेपाल प्रहरी अस्पताल महाराजगन्ज, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु, बयोधा अस्पताल बल्खु, नर्भिक अस्पताल थापाथली, प्रसूति रोग तथा स्त्रिरोग अस्पताल थापाथली, नोबेल अस्पताल सिनामंगल, निजामती अस्पताल नयाँबानेश्वर, एपेक्स पोलिक्लिनक जडिबुटी, काठमाडौं मोडल अस्पताल प्रदर्शनीमार्ग, पिपुल्स डेन्टल कलेज एन्ड हस्पिटल सामाखुसी, जनमैत्री अस्पताल बालाजु, , शुभेच्छा अस्पताल सीतापाइलामा लगाइने छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स