काठमाडौं । देशभर थप ४,९६१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
आज १५ हजार १३१ पीसीआर र एन्टिजेन विधिबाट गरिएको नमुना परीक्षण ४,९६१ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा कोरोनाका कारण ३ जनाको मृत्यु भएको छ भने ४३५ जना संक्रमणमुक्त भएका छन् ।