आवाज बन्द भएका बिरामीको ‘बच्चाछिर धुमपान विधि’बाट उपचार, यस्तो छ प्रक्रिया

तनहुँ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र तनहुँले आवाज बन्द भएका बिरामीको उपचार गर्न थालेको छ । आयुर्वेदिक ‘बच्चाछिर धुमपान विधि’बाट बिरामीको उपचार थालेको हो ।बच्चाचूर्ण, बाख्राको दूध, ल्वाङको धुलो, त्रिकटु र सितोपलादी मिसाएर पकाएको खीरजस्तो वस्तुबाट बाफ दिएर बिरामीको उपचार गरिने जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका प्रमुख डा. रामप्रवोध मण्डलले जानकारी दिए । दैनिक एक घण्टाको दरले पन्ध्र दिनसम्म नियमित थेरापी गरेपछि मज्जाले बोल्न सक्ने हुन्छन् । उनले भने, ‘गत वर्ष दुई जनाको सफल उपचार भयो, यस वर्ष एक जनाको उपचार भइरहेको छ ।’

यस वर्ष व्यासनगरपालिका–१ गल्बुबेँसी निवासी नारायणप्रसाद सापकोटाको उक्त विधिबाट उपचार थालिएको उनले बताए । श्वास नलीमा मासु पलायो भने ट्युमर भयो भने आवाज रोकिदिन्छ । उनले भने, ‘जसले गर्दा बोल्न मिल्दैन ।’ श्वास नलीमा समस्या आएपछि भारतको लखनउमा गएर शल्यक्रिया गर्दा करिब एक लाख खर्च गरेको बिरामी सापकोटाले जानकारी दिए ।

‘शल्यक्रिया गर्नुपूर्व स्वर कम हुँदै गएपछि उपचारका लागि लखनउ गएको थिएँ ।’ उनले भने ‘शल्यक्रियापछि स्वर त झनै ठप्प भयो ।’ उनले आयुर्वेद स्वास्थ्य केन्द्रमा उपचार गर्न थालेको चार दिन भएको र केही सुधार हुँदा हल्का बोल्न सक्ने भएको जानकारी दिए ।

सुरुका दिनमा जस्तै पूर्णरूपमा आवाज आए नयाँ जीवन पाउने थिएँ, उनले भने । ‘विभिन्न संघसंस्थामा आवद्ध छु, बोल्न नसक्दा कठिनाइ भोग्नुपरेको छ ।’ उपचारमा लाग्ने औषधि महङ्गो पर्ने हुँदा स्वयं बिरामीले औषधि किन्नुपर्ने र उपचार निःशुल्क गर्ने गरिएको केन्द्रका प्रमुख डा. मण्डलले बताए । उक्त समस्याका व्यक्तिले चिसो पानीको अलवा मन तातो पानी पिउनु लाभदायिक हुने उनले जानकारी दिए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स