६० वर्षमाथिका र रोग प्रतिरोधात्मक क्षमता कम भएकालाई अतिरिक्त खोप दिने तयारीमा सरकार

 

काठमाडौं । सरकारले कोरोनाविरुद्धको दुबै डोज खोप लगाएका रोग प्रतिरोधात्मक क्षमता कम भएका र ६० वर्ष माथिका ज्येष्ठ नागरिकलाई अतिरिक्त खोप दिने भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सूचना निकाली ६० वर्षमाथि र रोग प्रतिरक्षा प्रणाली कम भएका व्यक्तिलाई एक डोज अतिरिक्त खोप दिने तयारी गरेको हो ।

भेरोसेल खोपको पूर्ण मात्रा लगाएको ३ महिना पुगेका ६० वर्ष र सो भन्दा माथि उमेर समूहका व्यक्ति र अन्यमा भने जुन खोप लगाएको हो सोही खोपको एक मात्रा दिने निर्णय भएको मन्त्रालयका सहप्रवक्ता डा. समिर अधिकारीले बताए ।

जसमा मध्यम तथा गम्भिर रुपमा रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्ति, सक्रिय क्यान्सर रोगी, अङ् प्रत्यारोपण गरेका बिरामीले उक्त बुस्टर डोज लगाउन पाउने मन्त्रालयले जनाएको छ ।

यस्तै एचआईभी भएका, रोगप्रतिरोधात्मक क्षमता कम गराउने औषधी सेवन गरिरहेका बिरामीलाई समेत अतिरिक्त डोज खोप दिने जनाइएको छ ।

मन्त्रालयले यसलाई बुस्टर डोज खोप भने भनेको छैन । छिमेकी देश भारत पनि कोरोनाको नयाँ ओमिक्रोन संक्रमण बढ्न थालेसँगै सरकारले अतिरिक्त खोप दिने निर्णय गरेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स