विद्यालयमा नै कोरोनाविरुद्धको खोप लगाइँदै

काठमाडौं । जिल्लाको जोरायल गाउँपालिकाले विद्यालयमा नै विद्यार्थीलाई कोरोनाविरुद्धको खोप लगाउन सुरुआत गरेको छ ।

पालिकाभरिका सबै विद्यालयमा अध्यनरत १२ देखि १७ वर्ष उमेर समूहका विद्यार्थीलाई खोप लगाउन सुरु गरिएको इलाका स्वास्थ्य कार्यालय गड्सेराका अनमी विद्यी भण्डारीले जानकारी दिइन् ।

उनले भनिन् ‘विद्यालयमा अध्ययन गर्ने विद्यार्थीलाई हामीले कोरोनाविरुद्धको खोप लगाउन सुरु गरेका छौं,’ विद्यार्थीहरू बढी जोखिममा पर्ने भएकाले खोप लगाउन थालिएको हो ।’

प्रायः स्कुलले बालबालिका कोरोना जोखिममा पर्ने गरेका र सरकारले सबै विद्यार्थीलाई खोप दिने निर्णय गरेअनुसार उक्त पालिकामा रहेका विद्यार्थीलाई एकैसाथ खोप दिन थालिएको बताइएको छ ।

हालसम्म तोकिएका उमेर समूहका विद्यार्थीले आफ्नो विद्यालय तथा अन्य क्षेत्रमा तोकिएको खोप केन्द्रमा गएर खोप लगाउनुपर्ने व्यवस्था मिलाइएको गाउँपालिका स्वास्थ्य संयोजक गोविन्द विष्टले जानकारी दिए ।

विद्यार्थीलाई खोप लगाउने अभियान सुरु भएपछि विद्यार्थी पनि खुशी साथ खोप लगाउन आउन थालेका नवोदय मावि गड्सेरामा प्राचार्य फणेन्द्र खडायतले बताए ।

कम्बल वितरण

जिल्लामा भएको हिमपातका कारण चिसो बढेपछि यहाँको दिपायल सिलगढी नगरपालिकाका विभिन्न वडाका नागरिकलाई चिसोबाट जोगाउन न्यानो कम्बल वितरण गरिएको छ ।

चिसोको समयमा न्यानो कम्बल पाएपछि यहाँका विपन्न वर्गका नागरिकसहित एकल महिला निकै खुशी भएका छन् ।

कांग्रेसका नेता लक्ष्मण खड्काको सहयोग एवम् लायन्स क्लब अफ धनगढीको आयोजनामा दिपायल सिलगढी नगरपालिका–४ का ८०, वडा नं ८ का ७०, वडा नं ६ का ७० जना एकल महिला गरिब, विपन्न तथा ज्येष्ठ नागरिकलाई न्यानो कम्बल वितरण गरिएको छ ।

नगरपालिकाका नौ वडामा रहेका नागरिकलाई चिसोबाट जोगाउनका लागि ६४० थान कम्बल तथा ३०० थान सल ल्याइएको र बाँकी रहेका वडामा केही दिनभित्रै वितरण गरिने योजना रहेको कांग्रेस उपसभापति विजय खड्काले जानकारी दिए ।

प्रतिव्यक्ति एउटा कम्बल र न्यानो सलका दरले वितरण गरिएको छ । जाडोको समयमा वितरण गरिएका न्यानो कम्बलले एकल महिला गरिब, विपन्न तथा ज्येष्ठ नागरिकलाई राहत पुगेको स्थानीयबासीले बताएका छन् ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स