सात अस्पतालमा स्वास्थ्यजन्य फोहोर व्यवस्थापन प्रणाली

काठमाडौं । चीन सरकार र संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (यूएनडिपी)ले संयुक्तरूपमा नेपालमा कोभिड–१९ को प्रतिकार्यमा स्वास्थ्यजन्य फोहोर व्यवस्थापन प्रणाली सुधार गर्न चीनको दक्षिण–दक्षिण सहयोग सहायता कोषअन्र्तगत नयाँ कार्यक्रम सुुरु गरेको छ ।

स्वास्थ्य सेवा विभागसँगको समन्वयमा यूएनडिपीले कोशी अस्पताल, विराटनगर, नारायणी अस्पताल, वीरगञ्ज, जनकपुर अस्पताल, जनकपुरधाम, वीरेन्द्र सैनिक अस्पताल, छाउनी, राप्ती प्रादेशिक अस्पताल, तुलसीपुर र भेरी अस्पताल, नेपालगञ्जसँग मिलेर काम गर्नेछ ।

उक्त कार्यक्रमले अटोक्लेभलगायत उपकरण जडानका साथै अस्पतालको फोहोर व्यवस्थापन प्रणालीको स्तरवृद्धि, फोहोर व्यवस्थापन क्षेत्र स्थापना तथा त्यसको उचित प्रयोगसँगै स्वास्थ्यजन्य फोहोर व्यवस्थापनका सम्बन्धमा स्वास्थ्यकर्मीलाई प्रशिक्षण दिने यहाँस्थित युएनडिपीको कार्यालयले जनाएको छ ।

कार्यक्रमअन्तर्गत ३५० स्वास्थ्यकर्मीको प्राविधिक क्षमता बढाउन तथा स्थानीय सरकारका १०० अधिकारीलाई स्वास्थ्य आपत्कालको उचित व्यवस्थापन प्रशिक्षण दिइनेछ । स्वास्थ्यजन्य फोहोर व्यवस्थापनमा नागरिककोे चेतना बढाउन शहरी तथा ग्रामीण नगरपालिकाबाट ३०० युवा स्वयंसेवक परिचालन गरिनेछ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स