काठमाडौं । डाबर नेपालले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम मार्फत वीर अस्पताललाई सघन उपचारको लागि २५ लाख रुपैयाँ बराबरको चिकित्सा उपकरणहरु हस्तान्तरण गरेको छ।
डाबर नेपालका अध्यक्ष तथा प्रबन्ध निर्देशक इश्वरी राना, नेपाल तथा म्यानमार व्यापार प्रमुख एचएस बेदीले वीर अस्पतालमा एक कार्यक्रमका बिच उक्त सामग्री हस्तान्तरण गरे।
डा. अनुपमा कार्की र प्रा. डा. मनेन प्र. गोर्खालीको उपस्थितिमा वीर अस्पताल नाम्सका निर्देशक प्रा. डा. भुपेन्द्र कुमार बस्नेतलाई चेक हस्तान्तरण गरिएको थियो।