२४ घण्टा नबित्दै अध्यागमनले जारी गर्यो अर्को सूचना, अब विदेशबाट आउने यात्रु क्वारेन्टिनमा बस्नु नपर्ने

काठमाडौं । ओमिक्रोन भेरियन्ट फैलिएका मुलुकबाट नेपाल आउँदा अनिवार्य क्वारेन्टिन बस्नुपर्ने नियम स्थगित भएको छ । अध्यागमन विभागले शुक्रबारमात्रै सूचना जारी गरी विभिन्न ६७ मुलुकबाट नेपाल आउँदा सात दिन अनिवार्य होटेल क्वारिन्टिनमा बस्नु पर्ने सूचना निकालेको थियो । तर, शनिबार अध्यागमनले आफ्नो साइटमा सूचना जारी गर्दै उक्त निर्णय तत्कालका लागि स्थगित गरिएको जनाएको छ ।

यसअघिको निर्णय किन स्थगित गर्न लागिएको हो भन्ने कारण खुलाएको छैन । यद्यपि विभागले डिसेम्बर १७ मा जारी गरेको सूचना स्थगित गरिएको जानकारी अर्को सूचना जारी गरेको छ ।

ती देशबाट आएका यात्रुरूरुले आरटी विधिबाट पीसीआर परीक्षण गर्नुपर्ने छ । नतिजा नेगेटिभ आएपछि पनि ७ दिन होम क्वारेन्टिनमा बस्नुपर्ने र पोजेटिम रिपोर्ट आएमा भने तोकिएको आइसोलेसन केन्द्र वा अस्पताल पठाइने विभागले जनाएको थियो ।

अब सूचना नआउँदासम्म विदेशबाट आउने यात्रुहहरूले अनिवार्य क्वारेन्टिन बस्नुपर्ने छैन । यसअघि शुक्रबारको सूचनामा मन्त्रिपरिषद्को मंसिर १३ को निर्णय अनुसार भन्दै जोखिमयुक्त मानिएका ६७ देशबाट नेपाल प्रवेश गर्ने यात्रुहरुले सात दिन आफ्नै खर्चमा होटल क्वारेन्टिनमा बस्नुपर्ने भनिएको थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स