विद्यालय मै खोप केन्द्र राखेर १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई खोप लगाउँदै सरकार

काठमाडौं । विद्यालय मै खोप केन्द्र राखेर १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई खोप सरकारले खोप लगाउने भएको छ । सरकारले यही पुस ४ गतेदेखि १४ गतेसम्म पहिलो मात्राको मोडर्ना खोप दिइने भएको छ । दोस्रो मात्रा भने माघ २ गतेदेखि १२ गतेसम्म दिइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा ११ जिल्ला, प्रदेश २ मा ५ जिल्ला, बागमती प्रदेशमा ७ जिल्ला, गण्डकी प्रदेशमा ९ जिल्ला, लुम्बिनी प्रदेशमा ९ जिल्ला, कर्णाली प्रदेशमा ९ जिल्ला र सुदुरपश्चिम प्रदेशमा ७ जिल्लामा यो खोप दिन लागेको स्वास्थ्य सेवा विभाग खोप शाखा प्रमुख सागर दाहालले बताए ।

‘विद्यालयमा नै खोप केन्द्र राखी बालबालिकालाई खोप दिने व्यवस्था मिलाएको छ,’ उनले भने ‘यो अभियान विद्यालयस्तरमा हुने भएकाले आफ्ना बालबालिकाको खोप लगाउने विषयमा सम्बन्धित विद्यालयमा सम्पर्क गर्नुपर्छ ।’

८ जिल्लामा पुस १३ देखि फाइजर खोप

यसैगरी यसअघि १२ वर्षमाथिका दीर्घ रोगीहरूका लागि फाइजर खोप सञ्चालन भएका १९ जिल्ला र सिन्धुली गरी २० जिल्लामा फाइजर खोप दिइँदैछ । बागमतीका ६ जिल्ला, कर्णालीको १ र सुदूरपश्चिमको १ गरी ८ जिल्लामा पुस १३ देखि २२ गतेसम्म पहिलो मात्रा र माघ ४ देखि १३ गतेसम्म दोस्रो मात्रा दिइँदैछ भने बाँकी १२ जिल्लामा खोप सञ्चालनको लागि मिति पछि निर्धारण गरिने जनाइएको छ ।

बागमती प्रदेशमा काठमाडौँ, भक्तपुर, ललितपुर, काभ्रे, चितवन र सिन्धुलीमा खोप दिइँदैछ भने सुदूरपश्चिम प्रदेशमा डडेलधुरा र कर्णाली प्रदेशमा सुर्खेतमा खोप दिइने भएको छ । साथै प्रदेश १, प्रदेश २, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदुरपश्चिम प्रदेशमा भने केहीपछि खोप अभियान मिति सार्वजनिक गरिने बताइएको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स