काठमाडौं । बेलायत रोजगारीका लागि सरकारले १० हजार नर्स पठाउने तयारी गरेको छ । श्रम,रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव सूर्यप्रसाद गौतमले बेलायतमा स्टाफ नर्स पठाउने तयारी गरिरेहको शुक्रबार बैदेशिक रोजगार पत्रकार समाजले आयोजना गरेको कार्यक्रममा बताए ।
सचिव गौतमले बेलायत सरकार नेपालबाट नर्स लैजान मन्त्रालयसँग समन्वयन गरिरहेको बताए ।
‘नेपाली श्रमिकमैत्री सम्झौताका लागि हाम्रो प्रयास छ,’ गौतमले भने, ‘यसमा छिट्टै नै काम हुन्छ ।’