टंगाल छाता गणेश मन्दिरबाट करिब ५० फिटको दूरीमा अवस्थित छ लक्ष्मी नारायण मन्दिर । त्यहि मन्दिर परिसरभित्र बनेको सेतो बिल्डिङको ५ औं तलामा छ आनन्दराज बतासको नयाँ कार्यालय । यसअघि उनको कार्यालय गैह्री धारामा थियो । दैनिक १२ देखि १४ घण्टा भेटघाट र विजनेश डिल तथा नयाँ सिर्जनामै बित्छ उनको दैनिकी ।
दर्जन उद्यम व्यवसायका मालिक आनन्दराजको पहिलो व्यवसाय भने पीसीओ (पब्लिक कल अफिस) हो । त्यसअघि उनले फेन्सी पसल पनि खोलेका थिए । यो व्यवसाय उनले बैंकबाट ४५ हजार कर्जा लिएर शुरु गरेका थिए । कमाइ राम्रो थियो । दिनमै त्यतिखेर ३/४ सयको व्यापार हुन्थ्यो ।
उनीसँग किराना पसलको पनि अनुभव छ । २०४१ सालमा आमाबुबाले तनहुँको दुलेगौडामा किराना पसल सञ्चालन गर्नुभएको थियो । उनले केही समय आमाबुबाको व्यवसायलाई सघाए । त्यतिबेला उनले एसएलसी दिएका थिए ।
एसएसीपछि उनी पोखरा बस्न थाले । विदाको दिन प्रत्येक साता घर जान्थे । दुलेगौडाको दैनिकी त्यति सहज थिएन । मुख धुनकै लागि १.५ किलोमिटर टाढाको सेती नदीमा जानु पथ्र्यो । गाउँमा धारा थिएन । ट्वाइलेट घरबाट ५०–६० फिट पर बोराले बाँधेर ४ वटा काठ राखेको माथि खुला हुन्थ्यो ।
आइकम पढ्दासम्म उनको जीवनशैली त्यस्तै थियो । गाउँमा मालेको विगविगी थियो । त्यहिबेला मालेको विगविगी माओवादीको भन्दा चर्को थियो ।
माओवादीको विगविगी विस्तारै बढ्न थाल्यो । गाउँमा बस्न सक्ने स्थिति भएन । ‘बुवाआमा पनि गाउँको पसल छोडेर पोखरा आउनु भयो,’ उनले भने ‘बुवाले पोखरामै कपडा दोकान शुरु गर्नु भयो र मैले पीसीओ चलाउन थाले ।’
त्यसपछि माओवादीको विगविगी विस्तारै बढ्न थाल्यो । गाउँमा बस्न सक्ने स्थिति भएन । ‘बुवाआमा पनि गाउँको पसल छोडेर पोखरा आउनु भयो,’ उनले भने ‘बुवाले पोखरामै कपडा दोकान शुरु गर्नु भयो र मैले पीसीओ चलाउन थाले ।’
उक्त बसाईँ पनि त्यति सहज थिएन । एउटामात्र बेड रुम भएकाले रातपरेपछि उनको बेडरुम कपडा पसल बन्थ्यो र बुबाआमा उठेपछि यहि कोठामा गएर सुत्थे । पसल प्राय ६ बजे खोल्ने चलन थियो ।
‘म त्यो संस्कार र जीवनशैलीबाट हुर्केर आएको मान्छे हुँ,’ उनले भने ‘ पोखराको चिप्ले ढुंगाको किराना पसलमा घाटा खाएपछि १७ वर्ष कै उमेरमा उनले त्यहि स्थानमा फेन्सी सामानको पसल शुरु गरे ।’ खर्च धान्न नसकेपछि उनले त्यो व्यवसायलाई त्यतिकै छाडेर पीसीओ सेवा शुरु गरे ।
त्यतिबेला टेलिफोन पाउँन एकदम गाह्रो थियो । टेलिफोन भाडामा लिन्थे । महिनाको १ हजार भाडा तिर्नु पथ्र्यो । टेलिफोन व्यवसायबाट राम्रै कमाइ गरेका उनले त्यतिबेला मोटरसाइकल किनिसकेका थिए ।
२०४२/४३ सालमा महिनाको ४० देखि ५० हजार कमाउनु भनेको धेरै ठूलो कमाइ मानिन्थ्यो । त्यो बेला दुई रुपैयाँ प्लेटमा मःम पाइन्थ्यो । राम्रो कमाइ भएकोले उनले पीसीओ व्यवसायलाई अन्य २/३ ठाउँमा विस्तार गरे ।
२०४२/४३ सालमा महिनाको ४० देखि ५० हजार कमाउनु भनेको धेरै ठूलो कमाइ मानिन्थ्यो । त्यो बेला दुई रुपैयाँ प्लेटमा मःम पाइन्थ्यो । राम्रो कमाइ भएकोले उनले पीसीओ व्यवसायलाई अन्य २/३ ठाउँमा विस्तार गरे ।
व्यवसाय विस्तार गर्ने क्रममा उनले फोटोकपी मेसिन पनि राखे । त्यतिबेला यस्ता सामान निकै महँगो थियो । फोटोकपी मेसिनको ६५ हजार रुपैयाँ पथ्र्यो । अहिले त सस्तो छ । यसका लागि ४५ हजार रुपैयाँ कर्जा लिएको थियो । दैनिक कमाइ हुने भएकोले उनी कर्जा दैनिक रुपमा तिर्ने गर्थे ।
दिनमा २/३ सय रुपैयाँको व्यापार हुन्थ्यो । त्यतिबेलाको त्यो कमाइ लगानीको हिसाबले राम्रो होे । १०/१५ किलोमिटरबाट मानिस फोन गर्न आउँथे । त्यो समय ‘पी वान’ भन्ने कम्प्युटर भर्खर आएको थियो । एक पाना टाइप हानेको २० रुपैयाँ लिन्थे । उनले ४० हजार रुपैयाँ हालेर कम्प्युटर किनेर सो सेवा पनि दिन थाले । त्यसपछि पृथ्वीचोकमा उनका बुवाले आरसीसी (ढलान) गरेको घर बनाउनु भयो । त्यहाँ उनले होटल चलाए ‘होटल आनन्द’ ।
२०४६ सालमा बहुदल आयो । कम्युनिटहरूको विगविगी थियो । वास्तवमा गरिखान सकिन्न कि भनेर त्यो घर भाडामा दिन खोजेको थिए । ४६ सालको माले भनेको हिजोको माओवादी जस्तै थिए । भाडामा दियो भने कम्युनिष्टहरूले अधिपत्य जमाउँछन् भन्ने चिन्ता उनमा थियो । कसको घर कसले लिने कसलाई दिने कसरी कब्जा गर्ने भन्ने स्थिति थियो । कम्युनिष्टहरूले घर हडप्छन् भनेर उनले होटल शुरु गरेका हुन् । त्यतिबेला उनी आफै रिसेम्सनमा बस्थे ।
मदनभण्डारी, मनमोन अधिकारी, गिरिजाप्रसाद कोइराला, कृष्णप्रसाद भट्टराई मेरो होलटमा बस्नु हुन्थ्यो । त्यो बेलाको ‘नम्बर वान’ होटल थियो ‘होटल आनन्द’ । पोखरामा होटल आनन्द जतिको त्यति स्ट्यान्डर्डको अन्य होटल थिएन । त्यो बेला कै सम्बन्ध र सम्पर्कले उनलाई अगाडि बढ्न अझ सहज भयो ।
यहाँबाट शुरु भयो बतासको जीवनमा टर्निङ प्वाइन्ट
त्यहाँ बस्दा वस्तै उनले मारुती सुजुकीले डिलर खोजेको थाहा पाए । त्यो बेलाका पोखराका धनी साहुँजीहरूलाई मारुती सुजुकीको डिलर लिनु भनेर प्रस्ताव गरेको रहेछ । उहाँहरुले लिनु भएन । त्यो डिलर लिने सक्ने क्षमता उनीमा थिएन । उनले मारुतीको डिलर लिएको ४९/५० साल तिर हो ।
च्यानल मिलाएर उनले मारुती सुजुकीको डिलर लिए । त्यहिबाट शुरु भयो उनको जीवनको टर्निङ प्वाइन । ‘पहिलो वर्षमै भयंकर राम्रो विजनेश भयो । त्यसपछि अहिलेसम्म अटोमोवाइल्समा पछाडि फर्केर हेर्नु परेको छैन उनलाई ।
मारुतीको डिलर राम्रो विजनेश देखेपछि महिन्द्र कम्पनीले पनि उनलाई डिलर दियो । महिन्द्रा पछि उनले टीभीएस मोटरसाइकलको डिलर लिए । त्यसपछि उनले स्पेयर पार्टस् शोरुम खोले । वर्कशप खोले । पोखरामा हायर पर्चेज (रिफाइनान्सिङ) व्यवस्था गयौं,’ उनले भने । त्यही बेला उनले अलि अलि कमाउन थालिसकेका थिए । बैंकबाट ऋण लिएर १ मेगावाटको पाथिखोला हाइड्रोपावर परियोजना पनि शुरु गरे ।
शेरवहादुरसँग संगत गर्न डर भएन
२०५२ सालमा कांग्रेसको महाधिवेशनको समयमा उनको संगत शेरबहादुरसँग भइसकेको थियो । ‘त्यतिबेला शेरबहादुर दाइ गिरिजाप्रसादको विरुद्ध पार्टी सभापतिमा लड्नु भयो,’ उनले भने ‘त्यो महाधिवेशन पोखरामा भएको थियो । त्यो समय गिरिजाप्रसाद कोइरालासँग सबै डराउँथे । शेरबहादुरसँग हिड्यो भने गिरिजाबाबुले कारबाही गर्छ भन्ने डर आम कार्यकर्ता र नेताहरूमा थियो । म राजनीति नगरेको मान्छे शेरवहादुरसँग हिड्न डर भएन ।’
‘म राजनीति नगरेको मान्छे शेरवहादुरसँग संगत गर्न डर भएन’
‘ठाकुरीको छोरो उठ्छु भनेको छ मैले सहयोग गर्दा हुन्छ भन्ने लाग्यो र होटलमै सम्पर्क कार्यालय राखियो पनि । यद्यपि त्यतिबेला उहाँले चुनाव हार्नु भयो । देउवा चुनावी मैदानमा उत्रिएका सभापतिमा जित्नलाई भन्दा पनि आगामी राजनीतिक भविष्य बनाउनलाई थियो । शेरबहादुर दाइले मलाई सधै भन्ने गर्नु भएको छ, गिरिजासँग डराउने समयमा पनि मलाई साथ दिएको छ यसले भनेर ।
घरमा हामी उनको तीन दाजुभाइ । उद्यम व्यवसाय गर्न उनलाई पोखरा सानो भयो । २०५८ साल तिर कमल पोखरीको कृष्ण पाउरोटी अगाडि दुर्य कोठा भाडामा लिएर एउटा कोठालाई कार्यालय बनाएर त्यहिबाट पहिलो पटक काठमाडौंमा व्यवसाय शुरु गरे । व्यवसाय गर्ने सोचका साथ काठमाडौं बुझ्नु पर्यो भनेर उनी पोखराबाट काठमाडौं आएका थिए ।
त्यसपछि गौह्री धारामा उनले जग्गा लिए । नेपालका लागि आइसर ट्रकको सोल डिस्टुब्युटर लिएर २००८ मा उनी गैह्रीधारा सरेका हुन् । उनी त्यहाँ सर्नु अघि गौह्रीधारामा मारुतीको शोरुम थियोे ।
‘काठमाडौं व्यवसाय विस्तार गर्ने क्रममा मैले एउटा ठूलो गल्ती गरे,’ उनी भन्छन् ‘एकै पटक धेरैको डिलर लिए । ट्याक्टर लिए, चीनको इम्र्पोट काम गरे । कोरिय बाइक हुजिङको लिए । चिनियाँ गाडी चेरीको डिस्ट्रब्युटर लिए । किया गाडीको डिलरसिप लिए । यी सबै काम उनको क्षमताभन्दा बाहिरको थियो ।
व्यापार गर्नुपर्छ व्यापार बढाउनुपर्छ भन्ने सोचमा मैले धेरै काम लिए र यसका लागि म परिपक्क भइसकेको रहेन छु भन्ने लाग्यो । व्यवस्थापन राम्रो भएन । स्किल, नलेज उनमा पूर्ण रुपमा आइसकेको थिएन । त्यसको कारणले उनलाई त्यति बेला पनि ठूलो आर्थिक अभाव भयो । त्यो समय २०/२२ करोड नोक्सान भयो ।
त्यो आर्थिक अभाव पूर्ति गर्न बालुवाटारको घर ८ करोडमा बिक्री गरे । त्यति नै बेला उनले पोखराको २/४ वटा अन्य प्रपर्टी पनि बेचे । ५/६ वटा कम्पनी बन्द गरे । त्यो समय गरिएको भूलले मलाई ठूलो पाठ सिकाएको छ । उनी भन्छन् ‘त्यहि भूलले होला अहिले व्यवसाय राम्रो पनि भएको छ ।’
अहिले मलाई सम्झदा लाग्छ ‘त्यो समय आर्थिक अभाव र दुःख नभएको भए म ठूलो भ्रममा अघि बढ्ने रहेछु । त्यसले मलाई ठूलो शिक्षा दिएको छ, व्यापार विस्तार कुन गतिमा हुनुपर्छ भन्ने पाठ सिकाएको छ ।’ त्यहि पाठका कारण अहिले उनी जति पनि व्यापार बढाउँछन् । त्यसका लागि अपनाउनुपर्ने सावधानी अपनाएरमात्र अघि बढ्छन् ।
अहिले मलाई सम्झदा लाग्छ ‘त्यो समय आर्थिक अभाव र दुःख नभएको भए म ठूलो भ्रममा अघि बढ्ने रहेछु । त्यसले मलाई ठूलो शिक्षा दिएको छ, व्यापार विस्तार कुन गतिमा हुनुपर्छ भन्ने पाठ सिकाएको छ ।’ त्यहि पाठका कारण अहिले उनी जति पनि व्यापार बढाउँछन् । त्यसका लागि अपनाउनुपर्ने सावधानी अपनाएरमात्र अघि बढ्छन् ।
त्यो मेरो जीवनको अर्को टर्निङ प्वाइन हो । त्यति बेला पैसा नभएकोले उनले माछापुच्छे बैंकको प्रोमोटर सेयर बेचे । जे हुन्छ राम्रो हुन्छ । त्यो नराम्रो हुनु पनि राम्रो हुनका लागि भएको रहेछ भन्ने उनलाई लाग्छ । त्यो शिक्षाले गर्दा आज म खुशी खुशी काम गर्न सकिरहेको छु । अब आउने दिनमा मैले त्यस्तो समस्या भोग्नु पर्दैन भन्ने मलाई लाग्छ ।
४ दशक लामो व्यवसायिक यात्रामा अहिले पनि उनी सन्तुष्ट छैनन् । अझै नयाँ उद्यम व्यवसाय गर्ने सोच, जाँगर र प्रतिवद्धता उत्तिकै छ उनीमा । व्यवसायीक यात्राबाट सिकेको पाठ उनी अब आफ्ना लागिभन्दा पनि अन्यका लागि उपयोग गर्न चाहन्छन् ।
नयाँ सोच र क्रियटिभ माइण्ड बोकेर आउने जो कोहीलाई आफ्नो नलेजले मात्र होइन लगानी नै गरेर सघाउनको प्रतिवद्धता उनले हाम्रोअर्थसँगको कुराकानीमाच गरेका छन् ।
उनी भन्छन्– ‘नयाँ काम र आईडिया लिएर आउनुस् म जो कोहीलाई पनि कम्पनीको सेयर नै दिएर उद्यम व्यवसायमा गर्न प्रेणित गर्नेछु । तर, यस्तो आईडिया लिएर आउने व्यक्तिमा डेडिकेशन र प्यासन भने दुबै हुन अत्यन्त जरुरी छ ।’ तपाईले ल्याएको आईडिया र प्रोजेक्ट अनुसार तपाई अर्बको मालिक पनि बन्न सक्नु हुन्छ करोड पनि ।’
स्पष्ट वक्ता र सितल स्वभावका उनी ‘पैसा कमाउन पाए बाड्न पाइथ्यो, असहाय र असक्तलाई सहयोग गर्न पाए जीवनमा सन्तुष्टी मिल्ने बताउँछन् । पशुपतिमा दैनिक भक्तजनहरूलाई खाना खुवाउने उनको ठूलो धोको छ । यो पुरा भएको दिन उनलाई जीवनमा सबैभन्दा सफल मिलेको अनुभव हुने उनी बताउँछन् ।
आध्यामिक विचाधारामा विश्वास गर्छु
अध्यामिक विचारमा चुर्लुम्म डुबेका बतास गुगल ब्वाइ भनेर ख्याती कमाएका ‘ॐ’ आदि’ का परम भक्त हुन् । जीवनको यो उमेरसम्म पनि कसैले चिन्न नसकेको उनको सोच र विचारलाई ‘ॐ आदि’ ले एक भेटमै पहिचान गरेको उनी बताउँछन् ।
‘म आध्यामिक सोचको मान्छे तर, मेरो मन उहाँसँग भेट हुनुअघि कसैले पढ्न सकेको थिएन,’ उनी भन्छन् ‘उहाँले मलाई एकै भेटमा चिन्नु भयो र ग्रहण गर्नुभयो । म उहाँको परम भक्त हुँ र रहि रहने छु । र उहाँलाई पूर्ण रुपमा विश्वास पनि गर्छु ।’
त्यसैले होला उनले भेट गर्ने अतिथि कक्षमा ॐ आदिको तस्विर छ । अतिथिसँग भेट गर्नेसँग उनी ॐ आदिको तस्विरलाई दाहिने पट्टी राजघरानीया कुर्सीमा बसेर गफिन्छन् ।
आध्यात्मिक सोचकै कारणले होला निषेधाज्ञा पछि दारी पालेका बतास नेवारको छोरो भएर पनि लामो टुपी पालेका छन् । धर्म संस्कारलाई सधै आत्मसाथ गर्ने जीवन्त राख्ने उनको संस्कार नै बनेको छ ।
अहिले उनीसँग दर्जन उद्यम व्यवसाय भएपनि उनको जीवन आमनेपालीको जस्तै सामान्य छ । थोपा थोपा मिलेर समुन्द्र बन्छ भने झै ४० दशकको उनको मेहनत र प्रतिवद्धताले त्यहाँ पुगेका हुन् । तनहुँको बेलचौतरमा जन्मिएका आनन्द बतास परिवारका जेठा छोरो हुन् । भाइहरूसँग पनि उनको संस्थागत जस्तै सम्बन्ध छ । सबैले आफ्नो जिम्मेवारी पुरा गरेका छन् ।
उनले २ कक्षासम्म दुलेगौंडामा अध्ययन गरे । त्यसपछिको अध्ययन भने उनको गण्डकी बोडिङबाट भयो । उक्त समय गण्डकी बोर्डिङ पश्चिममाञ्चलकै चर्चित स्कूल थियो, यूनाइटेड मिसनले चलाएको हो ।
‘सएलसीसम्म गण्डकी स्कुलमै पढे,’ उनले भने ‘ पृथ्वीनारायण क्याम्पसबाट ग्रयाजुएसन गरे ।’ मास्टर क्लियर गर्न सकिन । अहिले पछुतो छ । त्यो समय पैसा कमाउने व्यापार गर्ने हो भन्ने लाग्यो । बीकम पढिहालियो । पुगिहाल्यो भन्ने भयो,’ उनले भने ।
त्यो एकदम गलत रहेछ । अहिले ग्रयाजुएसनमात्रै गरेर पढाइ छाडेको उनलाई ठूलो पछुतो छ । मास्टरमा भर्ना त भएको हो । व्यापारमा लागि सकेकाले पढाइमा धेरै ध्यान दिन सकिएन ।