काठमाडौं । नेपालबाट बाहिर पढ्नको लागि जाने कति छन् कति, पछिल्लो समय त ताँती नै लागेको छ ।
विदेश गएर फर्किएपछि नेपालमै केहि गर्नुपर्छ है, यो सबैले भन्ने गरेकै कुरा हो ।
तर, यथार्थमा धेरै मान्छेहरू फर्कदैनन् । नचाहेर नफर्किएका भने हैनन् । नेपालमा हामीले केहि गर्न सकिएला वा नसकिएला त्यसको आत्मबल नभएर पनि धेरै विदेशमै बसिरहेका छन् ।
तर, नेपालमै केहि गर्न सकिन्छ भन्ने मनसायमा नेपाल फर्किएर काम नै सुरु गरिसकेकी छन् संगिता थापाले ।
संगिता थापा नेपालबाट बाहिर जाने र नेपालमा के छ र सुविधा भनेर गएपछि नेपाल नफर्किने सोच बनाएकाहरूको लागि नेपालमै केहि गर्न सकिन्छ भन्ने उदाहरण बन्न पुगेकी छिन् ।
नेपालगंजमा घर भएकी थापाले बेलायतमा आफ्नो अध्ययन पुरा गरेर नेपाल फर्किएकी हुन् । उनले बेलायतबाट ‘टु बि स्पेसिफिक इन्टरनेश्नल डेभलपमेन्ट’ सोसल साइन्समा मास्टर गरेकी छिन् ।
हुन त उनी नेपाल फर्किदा उनीसँग पुँजी पनि थिएन । तर, उनी विजनेश गर्नुपर्छ भन्ने मानसिकतामा भने थिइन् नै । उनीलाई साथ दिने चाहिँ नबिल बैंक लिमिडेट निस्कियो ।
नेपाल फर्किएपछि नबिल बैंकले संचालन गरेको ‘नबिल स्कुल अफ सोसल इन्टरप्रेनरशीप प्रोगाम’ सहायताबाट उनले यो व्यवसायको सुरुवात गरिन् । नबिल बैंकको यो कार्यक्रम नै मान्छेहरुलाई उद्यमी बनाउने हो ।
बचपनदेखि नै नेपालमा केहि गर्छु भन्ने सोच भएकोे तर मैनबत्ती कै व्यव्यसाय सुरु गर्छु भन्ने सोच नरहेको बताउँछिन् ।
गर्दै जाँदा यस्तो विजनेशको रोजाइ उनमा आयो ।
नबिल बैंकको यस कार्यक्रममा सहभागी भएपनि उनी अहिले हौसिएकी पनि छन् अर्थात् जे गरे ठिकै गरे भन्ने भावना समेत पैदा भएको छ ।
यस्तो व्यवसाय गर्दै जाँदा उनले धेरै विषयहरु थाहा समेत पाएकी छन् । आफूले अंगालेको व्यवसायको माग कस्तो छ , यसमा प्रतिस्पर्धा कतिको छ ? यी विषयहरुको ज्ञान बटुलेकी छन् ।
सन् २०२३ अप्रिलबाट नबिल बैंकको योजना र परिवारको सहयोगमा ५ लाख रुपैयाँबाट व्यवसाय सुरु गरेकी उनले अहिले आफू यस व्यवसायबाट सन्तुष्ट रहेको बताउँछिन् ।
उनी भन्छिन ‘घरमा सजिलै सँग बनाउन सकिने भएर जो कोहिले पनि यो व्यवसाय गर्न चाहन्छन् । सजिलो तरिकाले गर्न सक्ने भएकाले आज भोलि जो कोहि यो व्यवसायमा आकर्षित रहेका छन् ।जसले गर्दा यो एकदमै प्रतिस्पर्धी रहेको छ ।’
जसले उनलाई व्यवसायमा निरन्तरता दिन सकिन्छ भन्ने आत्मबल बढाइदिएको छ । उनले भनिन् , ‘मैनबत्ती विशेषगरी अहिलेको समयमा एकदमै प्रतिस्पर्धी व्यवसाय बनेको छ । पछिल्लो समय नेपालमा विभिन्न समारोह, उत्सव र अवसरहरुमा उपहार दिने चलन एकदमै चलिरहेको छ ।’
नेपालमा उपहार दिने सामग्रीहरु बनाउने व्यवसायहरु एकदमै बढिरहेको छ । मैनबत्ती के मा प्रयोग गर्ने भन्ने कुरामा भर पर्दछ तर विशेष गरी उपहार, सेल्फपियर, योगा समारोह ओएलबिङ्मा यसको विशेष प्रयोग हुने गरेको छ त्यो बाहेक सजावटका उद्देश्यका लागि उपयोग हुने गरेको उनको भनाइ छ ।
सजावट मैनबत्तीहरु ठाउँहरुलाई कसरी आकर्षित बनाउने भन्ने कुराहरुमा प्रयोग हुन्छ । बचपनदेखि नै कला र शिल्पमा रुची भएकी उनी नेपाली बजारमा आपूुले खोजेको जस्तो मैनबत्ती नपाउने भएर आफ्नो व्यक्तिगत प्रयोगका लागि सुगन्धित मैनबत्ती आफैले घरमा बनाउने गर्थिन र यसलाई व्यवसायमा परिवर्तन गर्ने निर्णय गरिन् ।
उनी भन्छिन् ‘३, ४ वर्ष अगाडि हेर्दा मात्र नेपाली बजारमा गुणस्तरीय मैनबत्ती नपाइने अवस्था थियो तर, अहिले भने त्यस्ते अवस्था छैन तर अहिले पनि नेपाली बजारमा प्याराफिन तथा प्याराफिनको ब्लेन्डहरुको मैनबत्ती धेरै जस्तो उपलब्ध छ ।
नेपाली बजारमा सोया मैनबत्ती भनेर बेचिरहेको हुन्छ तर सोया र प्याराफिनको मिसावट हुन्छ । गुणस्तरमै कमजोरी भएको मैनबत्तीहरु छ र अहिले पनि त्यहि अवस्था रहेको छ । यो सबै कुराहरुलाई विचार गर्दै प्रिमियम मैनबत्ती नेपालमा बजारमा ल्याउँदा राम्रो हुन्छ भन्ने धारणाले उनले यो व्यवसाय सुरु गरेको बताउँछिन् ।’
उनका अनुसार कुनै पनि व्यवसायलाई नतिजा दिन वा नाफा ल्याउन समय लाग्दछ । अहिले नै नाफा पाइहालिन्छ भनेर अपेक्षा नगरेको तर आफ्नो वस्तु प्रति विश्वस्त हुनुपर्छ ।
हाम्रो लागि गुणस्तर एकदमै महत्वपूर्ण कुरा हो । हाम्रो ध्यान गुणस्तरमा रहेको छ । जुन यो हाम्रो मैन बत्ती छ त्यो नेपाली बजारमा पाउन पनि कठिन रहेको छ । त्यसैले हाम्रो उद्देश्य भनेको व्यापार खुलासा गर्नु हो ।
यस्तो मैनबत्ती पनि नेपालमा पाउँछ भनेर त्यसैले हाम्रो ध्यान भनेको नाफा भन्दा पनि बढी भन्दा बढी मानिसहरुलाई हाम्रो वस्तुको बारेमा कसरी चिनाउन वा जानकारी गराउँन सकिन्छ भन्नेमा ध्यान रहेको उनको भनाई छ ।
नेपालमा मैनबत्ती व्यवसाय गर्ने व्यवसायीहरुको अवस्था प्रतिस्पर्धात्मक रहेको छ ।
उनले भौत्तिक रुपमा मात्र नभई अनलाइनबाट पनि सामान बेच्ने गरेकी छिन् । हाल सम्म अष्टेलिया र जापानमा भने सामान बिक्रीका लागि पठाइसकेकी छिन् भने भविष्यमा विश्वव्यापी रुपमा पठाउने योजना रहेको बताउँछिन ।
साना व्यवसायीहरुले गर्ने कुनै पनि व्यवसायी या मैले भोग्नु परेका चुनौतिहरू भनेको प्याकिङ, भौतिक आपूर्ति, लजिष्टिक सम्बन्धी कुराहरु हुन्छ । विशेषगरी हाई क्वालिटि मटिरियल नपाउनु, सानो व्यवसाय मैत्रीपूर्ण नहुनु, उनले भोग्नु परेको चुनौतिहरु हुन् ।
उनी भन्छिन् ,‘व्यवसाय सुरु गर्दा आफुलाई गर्न सक्छु भन्ने आफुमा आत्मविश्वास हुनु पर्दछ । मलाई नि विश्वास छ म यस व्यवसायबाट सफल हुनेछु ।’ साथै नबिल बैंकलाई धन्यवाद दिन चाहन्छिन् ।