संशोधित आर्थिक वृद्धिदर नपुग्ने तथ्यांक विभागको अनुमान, कोभिडपछि बाढीले अर्थतन्त्रमा थप क्षति

काठमाडौं । केन्द्रीय तथ्यांक विभागले गत आर्थिक वर्षका लागि आफूले पछिल्लो पटक संशोधित आर्थिक वृद्धिदर पनि नपुग्ने अनुमान गरेको छ । कोभिडका कारण अर्थतन्त्र थप समस्यामा परेपछि उसले संशोधित वृद्धिदर नपुग्ने अनुमान गरेको हो ।कोभिड दोस्रो लहर र बाढी पहिरोको वितण्डाका कारण यस वर्ष संशोधित आर्थिक वृद्धिदर पनि नपुग्ने देखिएको छ ।

केन्द्रीय तथ्यांक विभागले यसअघि देशको राष्ट्रिय लेखामान सार्वजनिक गर्दै ४.०१ प्रतिशत आर्थिक वृद्धिदर पुग्ने अनुमानको तथ्इा.क सार्वजनिक गरेको थियो ।

कोरोना भाइरसको दोस्रो भरियन्ट फैलिएसँगै भएको लकडाउनका कारण सो प्रक्षेपण पनि नपुग्ने देखिएको विभागका निर्देशक ईश्वरीप्रसाद भण्डारीले बताए ।

‘कोभिड दोस्रो लहरका कारण अर्थतन्त्र शिथिल बनेको छ,’ उनले भने ‘त्यसमा फेरि बाढी र पहिरो प्रभावले अर्थतन्त्रमा अर्को क्षति पुगेको छ ।’ त्यसैले प्रक्षेपण गरिएको आर्थिक वृद्धि पुग्दैन,’ उनले थपे ‘गत वर्षको जस्तो नकारात्मक नभएपनि यसअघिको प्रक्षेपण भने घट्ने छ । ‘अहिले हामी तथ्यांक संकलन गरिरहेका छौ,’ उनले थपे ‘सबै क्षेत्रबाट तथ्यांक आएपछि यसको विश्लेषण हुनेछ ।’

कोरोनाका कारण अर्थतन्त्रमा कति क्षति पुगेको छ र बाढी पहिरोले कति नोक्सान गर्यो त्यसको मौद्रिक मूल्य आउन नै बाँकी रहेकोले अहिले नै यति आर्थिक वृद्धिदर हुन्छ भनेर भन्न नसक्ने अवस्था रहेको उनले बताए । गत वर्ष २.१२ प्रतिशत ऋणात्मक हुने संशोधित अनुमान विभागले सार्वजनिक गरेको छ ।

गत वर्ष देश पहिल्लो चौमासम्म देश नै ठप्प जस्तो थियो तर, यो वर्ष त्यस्तो भएको छैन । स्थानअनुसार कोभिडको प्रभाव हेरेर बन्द भएका छन् । अहिले तथ्यांक संकलन गर्ने काम भइरहेको छ ।
यी सबै क्षति र नोक्सानको तथ्यांक आउन अझै २÷३ महिना समय लाग्छ,’ उनले थपे ‘हामी असोजसम्म तथ्यांक संकलन गरेर तयार पार्ने योजनामा छौ ।’

२०७२ मा भूकम्प गएको वर्ष तल झरेको आर्थिक वृछिदर त्यसपछिको वर्ष २०७३÷७४ मा ८.६ प्रतिशत आर्थिक वृद्धिदर कायम रहेको थियो । तर, अहिले भने गत वर्ष ऋणात्मक रहेको वृद्धिदरको चार्ट केही माथि उक्लिए पनि उलेख्य वृद्धि भने हुन नसक्ने हालको अवस्थाले देखाएको छ ।

त्यसपछि फेरि ओरालो लाग्न थालेको आर्थिक वृद्धिदर यो वर्ष ८ प्रतिशतभन्दा बढी गर्ने लक्ष्य सरकारले लिएपनि त्यसको एक चौथाई पनि प्राप्त नहुने देखिएको छ ।

अर्थमन्त्री विष्णु पौडेलले आर्थिक सर्वेक्षण २०७८ सार्वजनिक गर्दै पछिल्लो २ दशकमै पहिलोपटक अघिल्लो आर्थिक वर्षमा मुलुकको आर्थिक वृद्धिदर २ दशमलव १२ प्रतिशतले ऋणात्मक अवस्थामा पुगेको बताएका थिए ।

‘नेपालको आर्थिक वृद्धिदर २ दशमलव १२ प्रतिशतले ऋणात्मक अवस्थामा पुगेको छ,’ उनले भनेका थिए ‘पछिल्लो दुई दशकमै पहिलोपटक नेपालको आर्थिक वृद्धिदर २ दशमलव १२ प्रतिशतले ऋणात्मक अवस्थामा पुगेको हो ।’

आर्थिक सर्वेक्षण २०७८ मा २०७१/७२ को महाभूकम्पबाट सिर्जित आर्थिक क्षतिभन्दा पनि यो उच्च भएको उल्लेख गरिएको छ । चालू आर्थिक वर्षको तेस्रो चौमासिकबाट तीव्र गतिले फैलिरहेको कोभिड– १९ को दोस्रो लहरको कारण अनुमानित आर्थिक वृद्धिदर हासिल गर्ने कार्य चुनौतीपूर्ण बन्दै गएको अर्थमन्त्रीले यस अघि नै बताइसकेका छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स