काठमाडौं । चालु आर्थिक वर्षमा प्रतिव्यक्ति आय केहि बढेपनि आर्थिक वृद्धिदर खुम्चिएको । अर्थतन्त्रको आकार ५४ अर्ब पुग्दै गर्दा आर्थिक वृद्धिदर भने १.८६ प्रतिशतमा खुम्चियो । चालु आर्थिक वर्षमा नेपाल भित्र्ने रेमिट्यान्स १२ खर्व ३१ अर्ब ७३ करोड र कुल गार्हस्थ्य उत्पादनको रेमिट्यान्सको अनुपात २२.८९ प्रतिशत पुग्ने अनुमान कार्यालयले गरेको छ ।
चालू आर्थिक वर्ष २०७९/८० को केही प्रमुख आर्थिक सूचकहरूको अवस्था
–कुल गार्हस्थ्य उत्पादन वृद्धिदर उपभोक्ताको मूल्यमा १.८६ प्रतिशत ।
–कुल गार्हस्थ्य उत्पादन वृद्धिदर आधारभूत मूल्यमा २.१६ प्रतिशत ।
–चालु मूल्य अनुसार कुल उत्पादन आधारभूत मूल्यमा रु.८० खर्ब ९० अर्ब ६७ करोड ।
– चालु मूल्य अनुसार कुल मध्यवर्ती उपभोग उपभोक्ताको मूल्यमा रु. ३३ खर्ब ९४ अरब १७ करोड ।
– चालु मूल्य अनुसार कुल गार्हस्थ्य उत्पादन आधारभूत मूल्यमा रु. ४६ खर्व ९६ अर्ब ४९ करोड ।
– चालु मूल्य अनुसार कुल गार्हस्थ्य उत्पादन उपभोक्ताको मूल्यमा रु. ५३ खर्व ८१ अरब ३४ करोड ।
– चालु मूल्यमा कुल स्थिर पुँजी निर्माण रु. १३ खर्व ५६ अरब ४६ करोड (कुल गार्हस्थ्य उत्पादनको २५.२१ प्रतिशत ।
–चालु मूल्यमा अन्तिम उपभोग खर्च रु. ५० खर्व ३६ अरब १५ करोड (कुल गार्हस्थ्य उत्पादनको ९३.५९ प्रतिशत ।
– चालु मूल्यमा वस्तु तथा सेवा निर्यात रु. ३ खर्व ८५ अरब ११ करोड (कुल गार्हस्थ्य उत्पादनको ७.१६ प्रतिशत ।
– चालु मूल्यमा वस्तु तथा सेवा अयात रु. १९ खर्व ६४ अरब ३३ करोड (कुल गार्हस्थ्य उत्पादनको ३६.५ % प्रतिशत ।
– चालु मूल्यमा कुल राष्ट्रिय बचत कुल गार्हस्थ्य उत्पादनको ३१.६६ प्रतिशत ।
–विप्रेषण रु. १२ खर्व ३१ अरब ७३ करोड (कुल गार्हस्थ्य उत्पादनको २२.८९ प्रतिशत ।
–प्रतिव्यक्ति कुल गार्हस्थ उत्पादन रु १,८२,६८३ अर्थात १,३९९ यु.एस डलर ।