काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले हाम्रोअर्थ डटकम अनलाइन प्रत्रिकाले आम पाठक प्रतिको उत्तरदायित्व पुरा गर्न सकोस् भन्ने शुभकामना सन्देश दिएका छन् ।
हाम्रोअर्थ डटकम चौथो वर्षमा प्रवेश गरेको उपलक्ष्यमा शूभकामना सन्देश दिँदै गभर्नर अधिकारीले सामाजिक आर्थिक क्षेत्रको ज्ञानको दायरा विस्तारमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरेका छन् ।
आर्थिक बहस र वित्तीय चेतनाको अभिवृद्धिमा हाम्रोअर्थले अझ परिपक्क हुँदै जाने विश्वास उनले व्यक्त गरेका छन् । सञ्चार माध्यमले देश र जनता खबरदारीले समाजलाई सहि बाटोमा लैजान हुँदा हाम्रोअर्थ डटकमले अझ अहम् भूमिका खेल्नु पर्ने सन्देश दिएका छन् ।
आर्थिक क्षेत्रका विषयलाई प्राथमिकतामा राखि अनलाईन माध्यमबाट जनमानसलाई सुसूचित गर्ने प्रमुख उद्देश्यका साथ सञ्चालन हुँदै आएको यस अनलाईन सञ्चार माध्यमले सामाजिक तथा आर्थिक क्षेत्रको ज्ञानको दायरा विस्तारमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने गभर्नर अधिकारीले विचार व्यक्त गरेका छन् ।
नेपाल राष्ट्र बैंकका गभर्नर अधिकारीको शुभकामना सन्देश
परिसूचक मिडिया प्रा.लि.द्वारा प्रकाशन हुँदै आएको हाम्रोअर्थ डटकमले तेस्रो वर्ष पुरा गरी चौथो वर्ष प्रवेश गरेकोमा मलाई खुसी लागेको छ ।
आर्थिक क्षेत्रका विषयलाई प्राथमिकतामा राखि अनलाईन माध्यमबाट जनमानसलाई सुसूचित गर्ने प्रमुख उद्देश्यका साथ सञ्चालन हुँदै आएको यस अनलाईन सञ्चार माध्यमले सामाजिक आर्थिक क्षेत्रको ज्ञानको दायरा विस्तारमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास मैले लिएको छु ।
तसर्थ देश, समाज र पाठक प्रतिको उत्तरदायित्व पुरा गर्न सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार प्रकाशन गर्दै पाठकको मन जित्न सफल हुँदै जाओस् भन्ने कामनासहित चौथो वर्ष प्रवेशको सुखद अवसरमा प्रकाशनको सफलताको लागि हार्दिक शुभकामना व्यक्त गर्दछु ।