काठमाडौं । नाइका केकी अधिकारी र राजन न्यौपाने फिचर्ड भिडियो ‘मिर्मिरे भो’ सार्वजनिक भएको छ । बिदेशीनु पहिलो बिकल्प होइन्, धेरै युवा बाध्यताले बिदेशीन्छन् । यसका कारण मध्य देशको प्रणाली देखि पारिवारिक दवाव र समाजको देखासिखी गर्ने प्रवृत्ति मुख्य हो । यही अवधारणामा आधारित रहेर गायक राजन न्यौपानेले ‘मिर्मिरे भो’ गीत ल्याएका छन् ।
एक ब्यक्तिले बिदेशीनबाट रोकिन हर सम्भव प्रयास गर्छ । तर केही नलागेर अन्तिम बिकल्पको रुपमा बिदेश नै रोज्छ यही कथामा यो गीतको भिडियो तयार पारिएको छ । राम प्रसाद पाठकले लेखेका गीतका शब्दमा चन्डी प्रसाद काफ्लेको संगीत गरेका छन् ।
केकी अधिकारी, राजन न्यौपाने, कलश पाण्डे र रोशन श्रेष्ठ फिचर्ड गीतको भिडियो पछिल्लो समयका लोकप्रिय निर्देशक अनुप चापागाईले निर्देशन गरेका हुन्। भिडियोमा बुद्ध थापाको सिनेमाटोग्राफी र विकास दाहालको सम्पादन रहेको छ।
बिगत २ दशक देखि जापानमा रहेका गायक राजन न्यौपानेले ४ बर्ष देखि गुरु चन्डी प्रसाद काफ्ले संग अनलाइन सगीत क्लास लिइरहेका छ्न आफ्नो ब्यस्त दैनिकी बीच पनि आफ्नो जन्मभुमी प्रतिको माया र नेपाली कला छेत्रलाइ सम्झिदै केहि नौलो र संदेश मुलक गीतहरु गर्ने आफ्नो उद्देश्य रहेको जानकारी दिए ।