चिनियाँ नयाँ वर्षका अवसरमा बुधबार काठमाडौंस्थित रत्नपार्कमा दीप प्रज्वलन

काठमाडौं । नेपाल पर्यटन बोर्डको सहकार्य, काठमाडौ महानगरपालीको सहयोगमा तथा नेपाल स्थित चिनीयाँ दुतावासको आयोजनामा चिनियाँ नयाँ वर्षका अवसरमा बुधबार काठमाडौंस्थित रत्नपार्कमा दीप प्रज्वलन÷लालटिन पर्व तथा विविध सांस्कृतिक कार्यक्र आयोजना गरिएको छ ।

बुधबार साँझ रत्नपाकमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराती, तथा चिनियाँ राजदूत छन सङले कार्यक्रमको उदघाटन गरेका थिए । सन् २०२४ फेब्रअरी १० तारिखदेखि चिनियाँ ड्रागन वर्ष प्रारम्भ हुँदैछ । यही उत्सव पारेर नेपाल स्थित चीनियाँ दूतावासले रत्नपार्कमा लालटिन पर्व मनाएको हो ।

सो अवसरमा बोल्दै पर्यटन मन्त्री किराँतीले चिनीयाँ नयाँ वर्षको अवसरमा चीनले नेपालमा आयोजना गरिरहेका कार्यक्रममले नेपालको पर्यटन प्रर्वद्धनमा सहयोग पुग्ने बताए । यस्तै चिनीयाँ राजदूत छन सङले नेपालको पर्यटन प्रर्वद्धनका लागि चीन सधैं सकारात्मक रहेको बताए ।

प्रदर्शनीमा चिनियाँ कला, संस्कृति झल्काउने कलाकृतिहरू राखिएको थियो । सो अवसरमा चिनियाँ कलाकारले सांगीतिक प्रस्तुति पनि दिएका थिए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स